तलको लम्बाई, १५१० मीटर चौडाइ, ३१० मीटर ,गहिराइ, ४२.८ मीटर रहेकोे तातोपानी ४ का वडाध्यक्ष अमरवहादुर रोकायाले बताए । उनका अनुसार दुई वर्षको अवधिमा सातवटा महत्वपूर्ण कामहरु भएका छन । पहिलो पटक २०७९ असोज ४ देखि ६ गतेसम्म गिडीदह सम्मेलन, तालको नापजाँच प्रतिवेदन सार्वजनिक, पदमार्ग निर्माण, गिडीदह प्रवद्र्धन कार्यक्रम, गिडीदह, भलखोला, फुलच्याउले लामाचौर जाने सडकको डिपिआर, वातारणीय प्रभाव मुल्याङ्कन र गिडीदहलमा धर्मशाला निर्माण भएको उनको भनाई छ ।
वडाध्यक्ष रोकायाले, आगामी दिनमा हाँकुमा ४५ मिटर लामो पक्की पुल निर्माण गर्ने, पाण्डेवाडा गिडीखोला नदीमा ३० मिटर बेलिबृज निर्माण गर्ने, ऐरेनी देखि भलखोला फुलच्याउले लामाचौरसम्मको २० किलोमिटरको सडक निर्माण गर्ने, फुलच्याउले लामाचौर पाटन क्षेत्रमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने, फुलच्याउलेमा सुविधायुक्त धर्मशाला निर्माण गर्ने, संचार सुविधाका लागि मोबाईल टावर र ईन्टरनेटको व्यवस्था गर्ने र सकेसम्म गिडीदहमा भ्युटावर निर्माण गर्दा भविष्यमा पर्यटक भित्र्याउन सहज हुने बताए ।
त्यस्तै तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले तातोपानीको एक उत्कृष्ट पर्यटकिय गन्तव्य बनाउने र पर्यटनको संख्यामा वृद्धि गर्ने योजना रहेको बताए । गिडीदहलाई जुम्ला जिल्लाकै पहिलो पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने वडाको योजना रहेको छ । अध्यक्ष चौलागाईले जुम्लाको पत्रकारहरुले गर्दा गिडीदहको प्रचार प्रसारण भएको दाबी गरे ।
उपाध्यक्ष रेवति रावल (सिमाले) तातोपानीको समृद्धिसँग गिडीदह जोडिएको बताइन ।उनले तातोपनी गाउँपालिकाले गरेको राम्रो कामको प्रसंशा र गलत कामको खवरदारी गर्न पत्रकारहरुलाई अनुरोध गरिन । उनले स्थानीय सरकार गिडीदहको संरक्षण र प्रवद्र्धनमा लागि परेको बताइन ।गिडीदहबाटै तातोपानी गाउँपालिका भित्रका नागरिकको जीवनशैली परिवर्तन गर्न सकिने उनको दाबी छ ।
त्यस्तै तातोपानीका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले गिडीदहको प्रचारले गर्दा तातोपानी गाउँपालिकाको नाम बढी चर्चामा आएको छ । जुम्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा गिडीदहलाई विकास गर्न सकिन्छ ।उनले जुम्लाको मात्रै नभई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा गिडीदहको विकास गर्नु पर्ने आबश्यकता छ ।
त्यस्तै प्रगति सार्वजनिक कार्यक्रममा गिडीदहको लागी भएको खर्च समेत सार्वजनिक गरिएको छ । व्यवस्थापनमा ३ लाख ७५ हजार र भिडियो डकुमेन्ट्रिमा २५ हजार खर्च भएको बताईएको छ । गिडीदहको काठमाण्डौँ विश्वविद्यालयले गरेको अध्ययन गरेको थियो । त्यस्तै समुन्द्री सतह देखि करिब ३४८५ मिटरमा अवस्थित यस यह सम्मको दुरी अनुमानित २९ किलोमिटर छ जुन कर्णाली राजमार्ग ऐरेनी देखि ताल सम्मको निकासा सम्मको दुरी समावेश छ।