जुम्ला :उच्च अदालत सुर्खेत, जुम्ला ईजलासका ९० प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । चालू आर्थिक वर्ष २०८०÷०८१ को हाल सम्म दर्ता भएका मध्य ९०दशमलब ६८ प्रतिशत मुद्दा फछ्यौट भएका पत्रकार संग भेटघाट गरी सार्वजनिक गरिएको हो।
चालू आर्थिक वर्षमा नयाँ २ सय २९ सहित कूल २सय ७९ वटा मुद्दा दर्ता भएका थिए । जसमा २सय ५३ वटा मुद्दा फछ्यौट भएका छन् । उच्च अदालतद्दारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजानिक गरिएको तथ्यांक अनुसार कूल २सय ७९ मुद्दामध्य २सय ५३ मुद्दा फछ्यौट भएको अझै २६ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ । भने ५० वटा मुद्दा अन्य जिल्लाबाट जिम्मेवारी सरि आएको पाइएको छ ।
तथ्यांकनुसार फौजदारी तर्फ देवानी मुद्दा १ वटा दर्ता भएकोमा फछ्यौट भईसकेको छ । त्यस्तै दुनियाँवादी देवानी वादी तर्फ २५ वटा मुद्दा दर्ता भएकोमा २३ वटा फर्छ्यौट हुँदा २ वटा बाँकी रहेको छ ।
त्यस्तै सरकारबादी मुद्दा तर्फ कुल २२५ वटा मुद्दा दर्ता भएकोमा हालसम्म २०८ वटा फर्छ्यौट भएका छन् । भने १७ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ । रिट २८ वटा परेकोमा २१ वटा मात्रै फर्छ्यौट हुँदा अझै ७ वटा रिट निवेदनको सुनुवाई हुन बाँकी रहेको छ ।
त्यस्तै कर्तव्य ज्यानका २४ मध्य २२ वटा,जबरजस्ती करणीका ७१ का मध्य ६९ वटा,जातिय विभेद तथा छुवाछुतका २ मध्य २ वटा,लागू ओैषधका २२ मध्य १९ वटा,चोरीका २२ मध्य १५ वटा बहुविवाह र बालविवाहका १२ मध्य ११ वटा मुद्दा फर्छ्यौट भएका छन् ।
सम्बन्ध विच्छेदका ६ मध्य ५ वटा,अंश÷जग्गाका १० मध्य १० वटा, सवारी ज्यान १३ मध्य १२ वटा,उत्प्रेषण,परमादेश २५ मध्य १९ वटा,ज्यान मार्ने उद्योगका २५ मुद्दा परेकोका २५ वटै मुद्दा फछ्यौट भएको सार्वजानिक विवरणमा उल्लेख छ ।
निषेधाज्ञाका ३ मध्य २ वटा र अन्य ४४ मध्य ४२ मुद्दा गरि कूल २७९ मध्य २५३ मुद्दाको फैसला भएका छन ।
त्यस्तै उच्च अदालत सुर्खेत,जुम्ला ईजलासका मुख्य न्यायधिष गोर्कण डाँगीले पत्रकारहरुको जिंज्ञाशामा कुनै पनी नागरिक आर्थिक अवस्था मक्जोर भएका कारणले न्याय बाट बञ्चित हुन पर्दैन । उनका अनुसार उच्च अदालतमा र जिल्लामा बैतानीक वकिलहरुको ब्यवस्था गरिएको छ । उहाहरुलाई अदालतले आदेश गरे बोमोजिम निशुल्क कानुनी साहयता गर्नु पर्छ । उनले भने, अबको कही दिनमै चौथौ पन्चवर्षीय योजना बनाएर न्याय प्रणालीलाई छिटो छरितो बनाउन न्यायीक संयन्त्र लागि परेको छ । आएका सुझाबलाई प्रथामिकी करणका आधारमा मात्रै हामी न्याय दिन्छौ । पहुँचको आधारमा न्याय सम्पादन हुन्छ भन्ने कुरा गलत हो । पीडित अदादतको बकपत्रमा होस्टाइल हुनुको कारणले अपराधिक क्रियाकलाबले बढुवा पाउने गरेको कुरा नेपाल भरीको समस्याको रुपमा रहेको देखिन्छ ।
त्यस्तै उच्च अदालतका रजिष्टार याम प्रसाद बास्कोटाका अनुसार सरल,सामान्य र विशेष तीन वटा विधि मार्फत मुद्दाको फैसलालाई प्रक्रिया अघि बढने बताए । उनले स्रोत साधन तथा पिडकको अनूकुलतानुसार हामीले न्याय सम्पादनलाई छिटो छरितो अघि बढाएका छौ ।’ यसैबीच चालू आवमा उत्कष्ट कार्यसम्पादन गरेबापत ईजलास शाखामा कार्यरत टंक प्रसाद खत्री तामेलदार कमल धमलालाइ समेत सम्मान गरिएको छ । उच्च अदालत सुर्खेत, जुम्ला ईजलासले कर्णालीको कालिकोट, जुम्ला, हुम्ला ,मुगु लगातका ५ जिल्ला हेर्दै आएको छ।