कांग्रेस–एमालेलाई प्रचण्डको झापड- सुशासनकाे डरले मिल्नुभो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालको डेढ वर्षमा पाँचौँ पटक संसदमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका छन्। विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले विश्वासको मत पाउने नपाउने र प्रधानमन्त्री रहने नरहनेमा आफू चिन्तित नरहेको बताए।

उनले एमालेप्रति रोष प्रकट गर्दै विगतमा आफू अल्पमतमा परेपछि असंवैधानिक रूपमै संसद् विघटन गर्नेले आफूलाई नैतिकताको पाठ सिकाएको टिप्पणी गरे। ‘प्रधानमन्त्री रहुँला नरहुँला, विश्वासको मत पाउँला नपाउँला यसबारे मलाई धेरै चिन्ता छैन’, उनले भने, ‘ अल्पमतमा परेपछि एमाले नेतृत्वले विगतमा  कस्ता निर्णय गरेको थियो , यो इतिहासमा सुक्षित छ, कहिल्यै मेटिनेवाला छैन।’

सुशासन कायम हुन थालेपछि कांग्रेस एमाले मिलेको प्रचण्डले दाबी गरे। ‘सुशासनको डरले तपाईँहरूलाई जोड्यो’, उनले भने, ‘जुन परिस्थितिमा एमाले कांगेस मिल्नुभएको छ, तपाईँहरूको सहमतिलाई जनताले अनुमोदन गरेका छन् कि छैनन्? विचार गर्नुभएको छ?’

विगतमा एमाले कांग्रेस मिल्दा लोकतन्त्र कमजोर पार्नुका साथै अधिनायकवादलाई नै प्रशय दिने गरेको प्रचण्डको दाबी छ।

१० पुस २०७९ मा तेस्रो पटक प्रधानमन्त्री बनेर २७ पुसमा पहिलो पटक विश्वासको मत लिँदै गर्दा ९७ प्रशितभन्दा बढी मत पाएका उनी अहिले ६३ संसदका् समर्थन पाउने अवस्थामा छन्।

सम्बन्धित समाचार