काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न आफूले अनवरत प्रयास गरेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै उनले आफूले अनेक प्रयास गरेको र टुंगिन लागेको बाँकी काम कुनै बहनामा नरोकियोस् भने।
‘शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न मैले अनवरत प्रयन्त गरेँ। दलहरू संवाद गरेँ, विज्ञ र सरोकारवालाहरूसँग छलफल गरेँ। पीडितहरूसँग अनेक बैठक गरिए’, उनले भने, ‘ निष्कर्षमा पुग्न लागेको शान्ति प्रक्रियाका बाँकी काम कुनै बहानमा नरोकियोस्।’