जुम्लाको गुठीचौरमा प्याराग्लाइडिङको परीक्षण उडान सफल

काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरमा पहिलोपटक प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान सफल भएको छ । आज पहिलो उडान सुरु भएको थियो ।

पोखरामा प्याराग्लाडिङ गर्दै आएको बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, लगायतकाे  प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।

परीक्षण उडान सफल भएको बताउँदै उनले अब दुई जना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने बताए। पर्यटन पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने अध्यक्ष बुढाले बताए ।

गाउँपालिकाले युवाहरुलाई नियमित प्याराग्लाइडिङ उडान सम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने बताएको छ ।

सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारा पाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले बताएकाे छ ।

सम्बन्धित समाचार