प्रहरीको सक्रियतामा यार्सा लुट्ने ब्यक्तिहरु हतियार सहित पक्राउ

जुम्ला :जुम्ला प्रहरीको सक्रियतामा यार्सा लुट्ने गिरोह हतियार,सहितका ब्यत्ती  पक्राउ परेका छन ।कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दले भने, ठकुरीका अनुसार १४ जेठमा मुगुम कार्मारोङ गाउँपालिका– १,डोल्पु गाउँका स्थानीयहरू यार्सागुम्बा संकलन गर्न गएको मौका छोपेर आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेको थियो ।तेस लगत्तै जुम्ला, मुगु र डोल्पाका नाकाहरूमा प्रहरी खटाइएको थियो ।

मुगुमा पछिल्लोपटक स्थानीयले संकलन गरेको यार्सा लुटपाटमा संलग्न  ब्यक्तिहरु हातहतियार सहित पक्राउ गर्न प्रहरी सफल भएको छ । उनका अनुसार अनुसन्धानमा मुगु र जुम्लाबाट प्रहरीको संयुक्त टोली खटिएको थियो । प्रहरी स्रोत जुम्लाका अनुसार प्र्रकाउ पर्ने पातारासी र गुठीचा‌ैरका नागरिक रहेको छन ।उनीहरूबाट लुटपाटमा प्रयोग गरिएका अत्याधुनिक हतियारसमेत बरामद गरिएको छ । पातरासी गा पा ३ महरी गाउकाे चुनेकाँध भन्ने जङगलमा कालाे झाेला भित्र ओडारमा लुकाई राखेकाे अबस्थामा कटुवा पेस्तोल एक थान, एसएलआर एक थान, दुई थान म्याग्जिन, २५ राउन्ड एसएलआरको गोली, तीन थान ओकेटोके, एक थान बाइनाकुलर, पाँच सेट आर्मीको ड्रेस र ट्रेकिङ झोला प्रहरीले बरामत गरेकाे थियो ।  प्रकाउ पर्नेमा  गाेठीचाैर ३ का(आकाेस भन्ने)गणेश भण्डारी ,गाेठीचाैर ३ कै पुर्ण भण्डारी, गाेठीचाैर ४ का कमल थापा,पातरासी गाउँपालिका ३ तल्फी बस्ने दशरथ बाेहाेरा ,पातरासी ३ बस्ने तुल कामी ,पातरासी २ बस्ने बिष्णु बहादुर बुढा रहेका छन ।

१४ जेठको राति मुगमा यही टोलीले दुईवटा हतियार र अन्य घरेलु हतियार देखाउँदै स्थानीयका घरघरमा तलासी गर्दै गरगहना, सामान र नगद लुटेर लगेका थिए । विगत तीन वर्षदेखि जुम्ला, डोल्पा र मुगु जिल्लामा यार्सागुम्बा लुटपाका घटना हुदै आएका थिए । सो घटनाहरुमा पनी प्रहरीले पक्राउ गरेका व्यक्तिहरू नै संलग्न रहेको प्रारम्भिक अनुमान गरेको छ ।

त्यस्तै गुठीचाैर ३का भुपु आर्मि समेत रहेका नवराज बुढा , साेहि वडाकै गाउँपालिका अध्यक्षका निजी सहयाेगी धन प्रसाद भण्डारी समेत फरार छन । गुठीचाैर ४ का राम अधिकारी र गुठीचाैर ३कै मान बहादुर बुढा फरार रहेका छन ।

जुम्ला  प्रहरीको सक्रियतामा डाका गर्न  नहुने मुद्दाको अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यलयमा  कार्यारत प्रहरी निरीक्षक असीम हमालको कमाण्डमा १० जनाको प्रहरी टोलि  जुम्लाकाे पातारासी गा.पा. ३ तल्फी क्षेत्रहरुमा खोजतलासको लागि खटिएकाे थियाे ।

सम्बन्धित समाचार