नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । झलनाथ खनाल सम्मानित नेता र घनश्याम भुसाल महासचिवमा दोहोरिएका छन् ।
नेकपा एसमा तीन जना नेताहरु हलबाट सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा नेपाल दोहरीएका छन् । सम्मानित नेतामा खनाल र महासचिवमा भुसालले नै निरन्तरता पाएका छन् ।
महाधिवेशनको उद्घाटनबाट नै नेकपा एसभित्र सर्वसम्मत नेतृत्व चयन हुनु पर्छ भन्ने एक पक्ष र अर्को पक्ष सर्वसम्मत भएपनि नेतृत्व हस्तान्तरणको पक्षमा थिए । सर्वसम्मत नेतृत्व चयन हुदा पनि नेपाललाई नैै निरन्तरता दिनु पर्ने नेपाल लगायतका नेताहरु थिए । खनाल पनि सर्वसम्मत नेतृत्व चयन हुनेमा आफू चयन हुनु पर्ने बताउदै आएका थिए । खनालले निर्वाचन हुदा भुसाललाई समर्थन गर्ने आस गरेका भुसाल समुह अन्तिममा खनालबाट असहयोग हुदा रक्षात्मक बनेको थियो ।
भुसालको वरिष्ठ बन्ने चाहनामा पनि ब्रेक
निर्वाचनमा पराजय हुने भएपछि सर्वसम्मतको पक्षमा लागेका भुसालले आफू वरिष्ठ उपाध्यक्ष हुन चाहेका थिए । आज दिनभरी भुसालले आफू वरिष्ठ उपाध्यक्ष र आफ्नो पक्षका प्रकाश ज्वालालाई महासचिव बनाउन चाहेका थिए । तर नेपाल र खनालले नै ज्वालालाई महासचिव नस्वीकारेपछि भुसालले निर्वाचनमा नै जाउ भनेका थिए । तर नेपाल र खनालले सर्वसम्मत नेतृत्व चयन हुनु पर्ने अडान राखेपछि भुसाल बाध्य भएर महासचिवमा दोहरीएको नेपाल निकट एक नेताले बताए ।
भुसालले सर्वसम्मत नेतृत्व चयन गर्न राजी हुदा महासचिव ज्वाला लगायत आफ्नो टिमको व्यवस्थापन खोजेका थिए । तर नेपाल खनाल लगायतका नेताहरुले उनीबाहेक अरुलाई प्रतिस्पर्धाबाट नेतृत्वमा आउनु पर्ने बताए ।
वरिष्ठमा चाहना राखेका भुसालका प्रतिस्पर्धी राजेन्द्र पाण्डे बनेका थिए । पाण्डेले वरिष्ठ उपाध्यक्ष आफू हुनु पर्ने भनेपछि छलफलमा नै सुदुरपश्चिका मुख्यमन्त्री दिर्घ सोडारीले त्यसो भए तपाईहरु नै यो पार्टी चलाउनु होस घनश्याम भुसाल, प्रकाश ज्वाला, विजय पौडेल, म उम्मेदवारी नै दिदैनौ भनेका एक प्रतिनिधिले बताए ।
भुसाल टिम वरिष्ठ उपाध्यक्ष र महासचिव, सचिवमा आफ्नो पक्षका नेताहरुलाई सर्वसम्मत चयन गर्न चाहन्थे तर अन्तिममा तीन जना नेताहरुमात्र सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको निर्वाचन हुने छ ।
अब वरिष्ठ उपाध्यक्ष , उपाध्यक्ष, उपमहासचिव, सचिव , कोषाध्यक्ष र केन्द्रीय सदस्यमा निर्वाचन हुने छ । तीन जना नेताहरुमात्र सर्वसम्मत भएका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको निर्वाचन हुने छ ।
अब वरिष्ठ उपाध्यक्ष , उपाध्यक्ष, उपमहासचिव, सचिव , कोषाध्यक्ष र केन्द्रीय सदस्यमा निर्वाचन हुने छ ।