जुम्ला :कनकासुन्दी गाउँपालिका लेखापाल शंकर आचार्य यतिवेला मातृ शोकमा छन । तर उनी आचार्यले जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर नियमित काममा फर्किएका हुन । उनको यहीँ १६ गते आमा जयलक्ष्मी आचार्यको ८१ वर्षको उमेरमा प्रदेश अस्पताल सुर्खेत मृत्यु भएको थियोे । १७ गते हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको थियो ।
त्यस्तै कनका सुन्दरीको गाउँपालिकाका सुचना अधिकारी नेत्र बहादुर खत्रीका अनुसार लेखापाल आचार्य १८ गते साँझ देखि नियमित कार्यालयको काम गरिरहेको बताए । उनले भने,आर्थिक वर्ष सकिन लाग्ने बेला जनताले गरेका विकास निर्माणमा गरेका भुक्तानी, कर्मचारीको तलब लगायतका महत्त्वपूर्ण कामहरू ओझेलमा नपरोस् भनेर काममा फर्किनु भएको छ ।
नेपाल सरकारको नियम अनुसार १५ दिन क्रिया बिदा पाइन्छ। लेखासँग सम्बन्धित कार्यालयका दैनिक कामकाजमा कुनै पनि समस्या सृजना नहोस् भनेर दिनरात अहोरात्र खटेर काम गरिएको देखिन्छ ।