काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले आफूमाथि ह्यारेसमेन्ट भएको बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकबाट बाहिरिँदै गर्दा उनले छोटो प्रतिक्रिया दिएका हुन् ।
मुखमा मास्क र कालो टेपमै आएका उनले बैठकमा आफूमाथि ह्यारेसमेन्ट गरिएको बताए । देश दौडाहापछि उनले ल्याएको प्रतिवेदनले रास्वपामा भूकम्प नै गएको छ । सो प्रतिवेदनमाथि छलफल गर्न बैठक बसेको हो । बैठकमा ढकालले लिखित प्रस्ताव पेस गर्ने तयारी गरे पनि सभापति रवि लामिछानेले उनलाई त्यसको अनुमति दिएनन् ।
आज बोल्ने अधिकासं केन्द्रीय सदस्यहरुले पनि ढकालको गल्ती भएको बताएका छन् ।