रास्वपा बैठकः महामन्त्री ढकालको प्रतिवेदनमाथि बोल्ने अधिकांश केन्द्रीय सदस्यले उनकै गल्ती भएको भनाइ राखे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ७० प्रतिशत केन्द्रीय सदस्यले महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि धारणा राखेका छन् ।

काठमाडौंको बनस्थलीस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समिति बैठकमा छलफल सकिएपछि प्रतिवेदन सार्वजनिक गर्ने तयारी छ । पार्टी सहप्रवक्ता मनिष झाका अनुसार, प्रतिवेदनमाथि बहुसंख्यक सदस्यले अभिमत राखिसकेका छन् ।

तीमध्ये अधिकांशले प्रतिवेदनको निचोड र महामन्त्री ढकालको गतिविधिप्रति असन्तुष्टि जनाएका एक केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार, पार्टीको छविमा हानि पुग्ने गरी सार्वजनिक गरिनु र अभिव्यक्ति दिनु जायज नभएको सदस्यहरूको मत छ ।

सहप्रवक्ता झाले सार्वजनिक भएको प्रतिवेदन र महामन्त्रीले सभापतिलाई बुझाएको प्रतिवेदन फरक रहेको दाबी पनि गरेका छन् । ढकालले प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाउनुअघि यसका केही अंश भनेर मिडियालाई दिएका थिए, जसमा उनले पार्टी क्षयीकृत हुँदै गएको निचोड लेखेका छन् ।

 

सम्बन्धित समाचार