राराको सल्यरीमा रहेको आरोग्य केन्द्र स्थापना भए पछि पर्यटकहरु लाई सहज

मुगु ःमुगुमा रहेको नेपालकै सुन्दर रारातालमा पर्यटकको एक केन्द्र बिन्दु हो । रारातालको नजिकै कुनै पनी स्वास्थ्य सेवा थिएनन । यस पटक रारा तालको नजिकै रहेको सल्लयरीमा पर्यटन मैत्री नागरीक आरोग्य केन्द्र रहेको छ।त्यहा बाट स्वास्थ्य सेवा लिर्नेको संख्या बढ्दो क्रममा रहेको छ ।
रारातालको छेउमा कुनै पनि स्वास्थ्य केन्द्र नहुदा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले रारा घुम्न आउर्ने पर्यटक र रारा तालको नजिक रहेका नागरिकको स्वास्थ्यलाई मध्य नजार गर्दै यो सेवा दिइएको छ । आरोग्य सेवा केन्द्र गएको जेठ महिनामा स्थापना गरिएको हो ।

त्यस्तै पर्यटन मैत्री नागरिक आरोग्य सेवा बाट दैनिक रारा घुम्न आएका आन्तरिक तथा वाहिर्य पर्यटक,मुर्मा झ्यारी,टोप्ला,सिगाढी,सल्लयारी,ढोटु,रिग्धारमा रहेको स्थानि बासीहरुले सेवा लिर्ने गरेको जिल्ला आयुवेद स्वास्थ्य केन्द्र मुगुका कार्यालय प्रमुख लक्ष्मी प्रसाद पाण्डेले बताए । उनका अनुसार दैनिक सेवा लिनेहरुको संख्या ५०देखी ६० जना आउने गरेका छन ।

आरोग्य सेवा बाट औषधी निशुल्क दिनुका साथै स्वास्थ्यको लागी प्रराशर्म स्वास्थ्य सम्बन्धि जनचेतना दिने गरेका छौँ । उनले भने, हामीले योग शिक्षा समेत दिर्ने गरेका छौँ । उनी भन्छन,बिषेश गरी तरामा घुम्न आउने पर्यटकहरुमा हाईअल्युटकारण टाउको दुख्र्ने पेटमा समस्या देखिने गरेका छन । स्थानिय नागरीकहरुमा ग्याष्टीक,अल्सर , टाउको दुख्र्ने महिलाहरुमा पाटेघर खुख्र्ने पाथरोग,शरिर चिलाउर्ने जस्ता रोगका बिरामाहरु बढी सेवा लिन आउर्ने गरेका छन ।

यस अघि आरोग्य सेवा स्थापना नहुदा रारा घुम्न आउर्ने पर्यटकहरुले निकै दुख पाउर्ने गरेका थिए । उनीहरुलाई सामान्य टाउको दुख्यो ज्वरो आएमा पनि सदरमुकाम गमगढी २,३ घण्टा लाएर उपचार गनु पर्ने पनर्् बाध्यता थियो ।सल्यारीमा रहेको पर्यटन मैत्रीक नागरीक आरोग्य सेवा केन्द्र वाट सेवा पाउदा स्थानिय नागरीक र रारा आयर्ने पर्यटकहरुलाई निकै सहज भएको रारा सल्यरीका होटल ब्यावसाय धन बहादुर बुढाले बताए ।
उनकान अनुसार राराको सल्यारीमा रहेको पर्यटन मैत्री नागरीक आरोग्य सेवा केन्द्रको थप ब्यवस्थापन गर्नु पर्ने देखिएको छ । उनले भने,यसको लागी औजार उपकरण लगाएत औषधीहरुको ब्याबस्था राम्रो बनाउन सकेको खण्डमा रारा घुम्न आउर्ने पर्यटक र सल्यरी आसपासका समुदायको स्वास्थ्मा सुधार ल्याउनको लागी मद्दत्त पुग्ने देखिन्छ ।
त्यस्तै आरोग्य सेवा केन्द्रलाई सुविधा सम्पन्न बनाउनका लागी सहयोग गर्ने छाँयानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामले बताए । उनले आगामी दिनमा आरोग्य सेवा केन्द्रको लागी आर्थिक र भौतिक रुपमा सहयोग हुने बताए ।

 

सम्बन्धित समाचार