गुठीचौर गाउँपालिका–४ बालविवाह मुक्त वडा घोषणा

जुम्ला: बालविविहा न्युनिकरणमा आबद्धता,बालमैत्री गुठीचौर बनाउने हाम्रो प्रतिबद्धता’भन्ने मुल नाराका साथ गुठीचौ गाउँपालिका–४ बालविवाह मुक्त वडा घोषणा गरिएको छ । यस ४ वडाले आफ्नो वडाभित्र उमेर नपुगी हुने विवाहलाई बन्देज लगाउने भएको हो । २० वर्ष उमेर नपुगी विवाह गर्न नदिने भन्दै उक्त वडालाई मंगलबार बाल विवाह मुक्त वडा घोषणा गरिएको वडाध्यक्ष टिका दत्त न्यौपाले बताए । उनका अनुसार उमेर नपुगी हुने विवाहलाई बन्देज गर्ने निर्णय गरिनु सकरात्मक भएको भन्दै कार्यान्वयन पक्षलाई बलियो बनाउने छौ । सानो उमेरमा गरिने विवाहले प्रजनन स्वास्थ्यमा असर परेको भन्दै यस्ता कार्यक्रम संञ्चालन गरिएको हो ।


त्यस्तै ४ वडा लाई बालविवाह मुक्त वडा घोषणा गरिएको गुठीचौर गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापाले बताइन्। उनले वालविवाहलाई कानुले अपराध मानेको छ । तर कता मता हाम्रो समाजमा भइरहेका छन । यसलाई न्युनिकारण गर्नका लागी साझेदार संस्था किडार्क नेपाल र वल्डभिजन लगायतको सहयोगमा बालविवाह घोषणा गरिएको छ । उनले भनिन, यस्ता कार्यक्रमा लाई प्रथामिकता दिनु स्थानीय सरकारको पनी दायित्व हो ।

त्यस्तै यस गाउँपालिकाको–४ वडालाई मात्रै बालविवाह मुक्त वडा घोषणा गरिएको होइन पालिका गर्ने लक्ष्य रहेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले बताए । उनले बालविवाह मुक्त अभियानमा स्थानीय र संस्थाले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको छ । उनले यदि आगामी दिनमा यस वडामा बालविवाह गरेको पाइएमा कानुनको दायरामा ल्याउने र ताकेको दण्ड पनि गर्ने बताए। उनले यसअभियानमा साथ दिने संघसंस्थाहरुलाई धन्यबाद दिँदै बालविवाह शून्यमा झार्न सबैको उत्तिकै दायित्व हुने छ।


त्यस्तै समन्वय समितिका प्रमुख गौरी नन्द आचार्यले बालबिवाह मुत्त गर्नु राम्रो पक्ष हो । कोही सकैले बालविवाह गरेको खण्डमा सरकारले दिने सेवा सुविधा रोक्नु पर्ने बताए । उनले भने, सरकारले गरेका राम्रा कामलाई सफल बनाउनका लागी नागरिकले पनी सहयोग गर्नु पर्छ । बालविवाह बहृविवाह जस्ता कुरिती हटाउनका लागी सबैको दायित्व हुने बताए ।


त्यस्तै गुठीचौर एकका वडाध्यक्ष तथा पालिकाका प्रवत्ता अर्जुन महताराले बालबिवाह मुक्त वडा घोषणा गरिएको सबैलाई अभार ब्यक्त गरे । उनले यो कार्याक्रम औपचारिता निभाउनका लागी नभइ ब्यवहारमा लागु गर्न अनुरोध गरे ।

त्यस्तै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको गाउँपालिकाले दाबी गरेको छ । धार्मिक मान्यताको रुपमा हुदै आएको बालविवाहलाई अपराध वा घटनाको रुपमा बुझ्न बर्तमान समयको माग भएको समाजिक अभियान्ता तथा अधिकारर्कीहरुले बताएका छन ।

 

सम्बन्धित समाचार