नगर प्रहरी छनोट प्रक्रिया निस्पक्ष नभएको भन्दै वडाध्यक्ष बुढथापा द्धारा पत्रकार सम्मेलन


जुम्ला :चन्दननाथ नगरपालिकाले नगर प्रहरी भर्ना छनोट प्रक्रिया निस्पक्ष नगरेको भन्दै पत्रकार सम्मेलन गरिएको छ ।चन्दननाथ नगरपालिका वडा नं २ का अध्यक्ष हेम बुढ्थापाले ध्यानकर्षण पत्र सहित पत्रकार सम्मेलन गरेका हुन ।
नगरपालिकाको छनोट समितिले शुक्रबार नगर प्रहरी छनोटको अन्तिम नामावली प्रकाशन गरेपछि उक्त छनोट प्रक्रिया निस्पक्ष नभएको अध्यक्ष बुढ्थापाले बताए ।पत्रकार सम्मेलन मार्फत वडा ध्यक्ष बुढ्थापाले चन्दननाथ नगरपालिकाले गत मंसिर ९ गते १५ सिट नगर प्रहरीका लागि सूचना आह्वान गरेको बताए ।
त्यस्तै नगर प्रहरीको लागी शारिरिक परिक्षणको जिम्म शसस्त्र प्रहरीलाई नगरपालिकाले दिइएको थियो । नगरपालिकाले त्यो बाहेकका सबै प्रक्रिया आफै नगरेको शसस्त्र प्रहरी बल जुम्लाका एसपी लाल बहादुर शाहीले बताए ।
विभिन्न चरण पार गरी सकेपछि अर्न्तवार्तामा समेत पुग्दा विभिन्न जाल,जेल,षडयन्त्र गरी सफल भएका उम्मेदवार लाई हटाई एकलौटी रुपमा आफ्नो मान्छे राख्ने ध्येयका साथ अन्तिम नतिजा प्रकासित गरेको वडाध्यक्ष बुढ्थापाले आरोप लगाएका छन ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,चन्दननाथ नगरपालिकामा गठित पदपुर्ती समितिले नगरप्रहरीको विज्ञापनमा गरेको एकलौटी निर्णयले अन्तिम नतिजाको निश्पक्ष,पारदर्शिता नभएको प्रश्न खडा गरेको छ । छानविन समिती गठनको जोडदार माग गर्दछु ।
छानविन गठन नगरेको खण्डमा चन्दननाथ नगरपालिका वडा नं २ को सम्पूर्ण काम कारबाही तथा नगरपालिकाको अनुगमन समितिको सदस्यबाट हुने अनुगमनका कुनै पनी काममा सहभागी नहुने बताएको छ । उनले भने,‘अरु सबै प्रत्रियामा मेरो बिरोध होइन,अन्य चरणमा भन्दा अन्तरबार्ता निस्पक्ष नभएको प्रति दुइ वडाको ध्यानकर्षण भएको छ ।
त्यस्तै यस बिषयमा बुझन, खोज्दा चन्दननाथ नगरपालिका मेयर राजु सिंहँ कठायत ,उपमेयर रामदेवी खड्का र नगरपालिकाका प्रवक्ता नवराज देवकोटा सहित तिनै जनाको फोन उठेन । नगरको शान्ति सुरक्षालाई मजबुद बनाउनका लागी भन्दै लिएको नगर प्रहरीको नतिजाले नै चन्दननाथ नगरपालिकामा यतिवेला अशान्ती फैलाएको छ । नगरपालिकाले अन्तरबार्तामा २३ जना सहभागी भएकोमा १५ जना सिफारिस भएको बताएको छ ।

त्यस्तै नगर प्रहरीको लागी आवेदन दिइ बिभिन्न चरण पार गरेका बिवेक बुढथापाले नगरपालिकाले निश्पक्ष, र पारदर्शिता नभएको बताए । उनले भने, शारिरिक परिक्षणमा एक नम्वर आएको ,र लिखित पास भएको छु । उनका अनुसार अन्तरवार्तामा पनी सबै मिलाएको दाबी गरे । उनका अनुसार नगरले गरेको आफु माथीको अन्यायको लागी कनुनी प्रक्रियामा जाने बताए ।

सम्बन्धित समाचार