जुम्ला : तातोपानीमा पाँच वर्षसम्मका लागी बाल संरक्षण, जलवायु परिवर्तन, र शिक्षा,स्वास्थ्य, क्षेत्रमा सहयात्रा परियोजनाले काम गर्ने भएको छ । जुम्लाको तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना संचालन भएको हो । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग किर्डाक नेपालको साझेदारी र तातोपानी गाउँपालिकाको समन्वयमा उक्त परियोजना संचालन भएको गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाइले बताए । उनका अनुसार तातोपानीले शिक्षा क्षेत्रमा सुरुदेखिनै प्रथामिकता छ । यस पटक सहयात्रा परियोजनाले यहा बालबालिकाको क्षेत्रमा महत्वपुण योगदान पुग्ने छ ।
त्यस्तै तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै शिक्षा स्वास्थ्यमा विपन्न समुदायको पहुँच विस्तारका लागि यो परियोजना लागु भएको बताए । उनले भने, अझै पनी समाजमा बालवालिका माथी हुने गरेका अपराधिक क्रियाकलाप कानुनी रुपमा आउन सकेका छैनन । यस सहयात्रा परियोजना आगामी सन् बालवालिकाको हक अधिकारको सहयोग पुग्ने छ ।
त्यस्तै यस परियोजनाले शिक्षा ,बिपन्न बालवालिकाको जिवन सुधार तथा जलवायू अनुकुलन,सुशासन लगायतका क्षेत्रमा काम गर्ने भएको सेभ द चिल्ड्रेनको परियोजना प्रमुख कृष्ण शाहीले बताए । उनका अनुसार पाँच वर्षे अवधिको उक्त परियोजनाले तातोपानीको शिक्षा,स्वास्थ्य,जलवायु परिवर्तन लगायतका क्षेत्रमा अनुमानित २० करोड बढी लगानी गर्ने भएको छ । पहिलो वर्ष २०२४ का लागि करिब चार करोड (तीन करोड ९८ लाख) लगानीमा सहयात्रा तेस्रो परियोजना संचालन हुने सेभ द चिल्ड्रेनले बताइएको छ । उनले भने,‘सिमित स्रोतले रहेको पालिकाले सबै आबश्यकता पुर्ति गर्न कठिनाई हुने भएकाले साझेदारी संस्थाहरुले सरकार संग हातेमालो गरेका हौँ ।
दुर्गम गाउँमा अझै आधारभूत विकासको पहुँच पुग्न सकेको अवस्था छैन । बालबालिकाका आधारभूत सवाल ओझेलमा परेका पाइन्छ । उनका अनुसार ग्रामिण क्षेत्रमा जोखिममा रहेका,बन्चितिकरणमा परेका बालबालिका,निशुल्क तथा गुणस्तरीय शिक्षा,बाल संरक्षण,यौन तथा प्रजनन स्वास्थ्य, उत्थानशिलको अधिकार सुरक्षित गर्दै सबै बालकालिकाको अधिकारको सुरक्षित गर्ने लगायतका क्षेत्रका काम गरिने जनाईएको छ ।
त्यस्तै तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले सरकार एक्लैले मात्रै सबै क्षेत्रको विकास सम्भव नरहेकोले दातृ निकायको सहयोग आबश्यक रहेको बताइन । उनले भनिन,‘महिला र बालबालिकाका क्षेत्रमा हुने अपराधहरु खासै बाहिर आउन सकेका छैनन । यसले गर्दा सबै निकाय लाग्न जरुरी छ । उनले भने,‘सिमित स्रोतले असिमित आबश्यकता पुर्ति गर्न कठिनाई छ । दुर्गम गाउँमा अझै आधारभूत विकासको पहुँच पुग्न सकेको छैन् । वडाबाटै पूर्वाधार विकासका योजना बढी माग हुँदा शिक्षा,स्वास्थ्य,बालबालिकाका आधारभूत सवाल ओझेलमा परेका छन् । सहयात्रा परियोजना संचालनपछि पालिकाको विकासमा टेवा पुग्ने विश्वास छ ।
यता सेभ द चिल्ड्रेनका परियोजना तातोपानी समृद्दीको कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।जुम्लाका ,सामाजिक क्षेत्रमा काम गर्दै आएको ब्यक्तिहरुले यहाँको शिक्षा,स्वास्थ्य,जीविकोपार्जन,बाल संरक्षण क्षेत्रमा उल्लेखीय काम गर्नका लागी सुझाब दिएका छन ।