बैतडी : चितुवाको आक्रमणबाट बैतडीमा एक महिला घाइते भएकी छन्। घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका-८ कोटिगाउँकी ३२ वर्षीया भानु विष्ट रहेकी छन्।
शुक्रवार दिउँसो साढे ३ बजे घरनजिकै डाँडापारी भन्ने ठाँउमा भानुलाई चितुवाले आक्रमण गरेको स्थानीय अकबरराम लुहारले जानकारी दिए।
आक्रमण गरेलगत्तै होहल्ला गरेपछि चितुवा भागेको जनाइएको छ। चितुवाको आक्रमणबाट घाइते विष्टको घुँडामुनि घाउ भएको र उपचारका लागि उनलाई विशालपुर स्वास्थ्य चौकीमा लगिएको छ।
गाउँमै चितुवाले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन्।
तल्लो स्वराड क्षेत्रमा १३ वर्षयता चितुवाको आक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ।