जुम्लाको जेष्ठ नागरिक संघमा दिदै आएको आयुर्वेद सेवा नियमित संञ्चालनको लागी बजेट अभाब


जुम्ला —पछिल्लो  समयमा जेष्ठ नागरिकले निःशुल्क आयुर्वेद उपचार सेवा आफ्नै  भवनबाट पाउदै आएका भएका छन । चन्दननाथ नगरपालिका र आयुर्वेद स्वास्थ्य केन्द्रको सहयोगमा उक्त सेवा पाउदै आएका हुन ।
जेष्ठ नागरिकसंगको कार्यालयमै आयुर्वेद फार्मेसी स्थापना ,जेष्ठ नागरिकका दारी, कपाल काट्ने , मसाज गर्ने लगायतका सम्पुर्ण युर्वेद सेवा निःशुल्क आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले दिदै आएको छ । धेरै जसो जेष्ठ नागरिक कार्यालयमै आउने भएकोले सोही ठाउँमा आयुर्वेद सेवा उपलब्ध गराइएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।  उनका अनुसार चन्दननाथ नगरपालिकाको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा दिन थालेको छ ।

आयुर्वेद स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि चन्दननाथ नगरपालिकाले २० लाख रुपैया बिनियोजन गरेको थियो । जसले आयुवेर्द फार्मेसी कक्ष सञ्चालन, आयुर्वेद औषधी खरिद,स्नेह कक्ष, आराम कक्ष तथा आयूर्वेद वाफ कक्षको व्यवस्थापन गरिएको छ । उनले भने,‘एक पटक नागरपालिकाले सहयोग गरेको थियो । यसलाई नियमित रुपमा संञ्चालन गर्ने बजेट हुने देखिएको छ ।

नगरपालिकाका मात्र नभइ जुम्ला जिल्ला भरीका जेष्ठ नागरिक सेवा लिन आउन थालेका छन । यो सेवालाई निरन्तरता दिनका लागी बजेटको अभाव छ । जेष्ठ नागरिक संघमै सेवा दिनका लागी दुइ जना कर्मचारी राखिएको छ । दारी र कपाल काट्नको लागी एक कर्मचारीको ब्यवस्था गरिएको छ । उनले भने,‘ त्यहा बहिरका पनी कपाल र दारी काट्ने सेवा लिन आउने घरका छन । जेष्ठ नागरिक संघमा रहेको हाइजिन मेण्टेन सेन्टरमा आउनेलाई बजारको भन्दा केही सस्तो शुल्क लिने गरिएको छ ।त्यो शुल्क जेष्ठ नागरिक संघमै जम्मा गरिने गरिएको छ ।
चन्दननाथ–१० बोहोरागाउँमा भएको आयूर्वेद अस्पतालमा जान टाढा र कठिन भएकोले ज्येष्ठ नागरिकको कार्यालयमा सेवा दिन थालिएको भन्दै ज्येष्ठ नागरिकहरु निकै खुसी छन् । यो सेवालाई दिर्गकालिन रुपमा संञ्चालन गर्नका लागी तिनै तहको सरकारले आबश्यक बजेटको पहल गर्नु पर्ने जेष्ठ नागरिकहरुले बताएका छन आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले पनि कर्णाली प्रदेस सरकारलाई जेष्ठ नागरिकलाई निशुल्क आयुर्वेद सेवाका लागी बजेट आगामी आउने बजेट बिनियोजन गरिदिन हुन भन्दै अनुरोध गरेको बताएको छ ।


त्यस्तै पुर्व राज्य मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा गौत्तम (कुंवरले) आयुर्वेद स्वास्थ्य केन्द्रले जेष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा सञ्चालन गरेको प्रतिआभार ब्यक्त गरिन । उनले भनिन,’जेष्ठ नागरिक सबैका साँझाँ हुन ।

भगवानलाई पुजा गर्न सधैँ मन्दिर जानुपर्दैन ।उनले जेष्ठ नागरिकलाई सेवालाई नियमित बनाउन प्रदेस सरकार संग आश्यक पहल गर्ने प्रतिबद्धता गरिन ।उनका अनुसार सवै भोलिका ज्येष्ठ नागरिक भएकाले ज्येष्ठ नागरिकको सेवा सवैभन्दा महत्वपूर्ण रहेको छ ।जिल्लाभरिका ज्येष्ठ नागरिकहरु आवद्ध भएको संस्थामा अझै राम्रा राम्रा काम गर्नका लागि सबैको हातेमालो जरुरी छ । त्यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले लामो समय देखि नागरिक स्तारमा योग ध्यान, प्राणयाम, भोजन कृतिन गराउदै आएको छ ।

सम्बन्धित समाचार