जुम्ला : नेपाल उद्योग व्यापार महासंघ जुम्लाको प्रथम भेलाबाट जुम्लामा समिति गठन भएको छ । बिहिबार जुम्लामा विभिन्न क्षेत्रका ब्यवसायिहरूको भेलाबाट मनोज बुढाथोकी मगरको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरिएको हो ।
उक्त कार्यक्रममा पुर्व संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा माओवादी केन्द्रका उत्पादन बिभाग इन्चार्ज तथा कर्णाली प्रदेश सह इन्चार्ज टेक बहादुर बस्नेत सहितको टिम जुम्ला पुगेको थियो। उनले अबका दिनमा साना तथा मझौला व्यवसाय प्रवर्द्धन गर्न सबै क्षेत्र लागि पर्नु पर्ने बताए । बस्नेतले मुलकलाई समृद्धिको बाटोमा लिनका लागी अबका युवा पूस्तालाई उत्पादनमा जोड्न आबश्यक रहेको दाबी गरे ।
त्यस्तै नव निर्वाचित अध्यक्ष बुढाथोकी मगरले साना उद्योग नभई ठूला उद्योग बन्न नसक्ने भन्दै सबै तहका छरिएर रहेका उद्योग संग समन्वय सहकार्य गरेर जुम्लाको आर्थिक विकास गर्न लागी पर्ने बताए ।उनले भने, “एकातिर बेरोजागारी बढ्दै छ भने अर्कातिर युवाहरु रोजगारीको खोजीमा बिदेशपलायन हुदैछन ।उनले आफ्नो देशमै केही गर्न चाहेन युवालाई उत्पादनशिल व्यवसाय संग जोड्ने बताए । उनका अनुसार जुम्लामा रहेका हाम्रा साना तथा मझौला उद्योगहरूलाई विभिन्न तरिकाले प्रोत्साहन तथा सहयोग गरी यहाको अर्थतन्त्र समृद्ध बनाउनका लागि उपयोग उपायोग गरिने छ । उनका अनुसार जुम्लाको ब्यपारिहरुको भबिस्य सुरक्षित गर्नका लागी यो समिति महत्वपुर्ण छ। जुम्लाको उत्पादन बृद्धिका लागी ब्यवसाय जोडिन चाहेने युवालाई प्रथामिकता दिइने लक्ष्य रहेको छ ।
अध्यक्ष बुढाथोकी मगरले यहाको स्थानीय उत्पादनलाई बढाई आर्थिक समृद्धिकाे सुरुवात आफै बाट गर्न जरुरी छ । उनले जुम्लाको विकासको लागी साना तथा मझौला व्यवसायहरू प्रवर्द्धन गर्नु आवश्यक रहेको बताए । यसका साधारण सदस्य नेपालको सम्बन्धित सरकारी निकायमा दर्ता भएका लघु, घरेलु , साना तथा ठुला उद्योग, व्यवसाय र व्यापारी रहेने ब्यवस्था छ ।