कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो
कोरोना भाइरस (कोभिड –१९)संक्रमणबाट थप सातजनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ।
अहिले कोभिड –१९ का कारण मृत्यु पुष्टि भएका व्यक्तिमध्ये ६ जना पुरुष र एक जना महिला हुन्। उनीहरू काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र तनहुँको भएको मन्त्रालयले जनाएको छ।








