जुम्लाको शिक्षालयले डिप्लोमा इन फार्मेसि पढाइका लागि अनुमति पायो ।

दिलमाया शाही
कर्णाली प्राविधिक शिक्षालय जुम्लाले डिप्लोमा इन फार्मेसि पढाइका लागि अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगबाट पढाईको लागि अनुमति पाएको शिक्षालय प्रमुख आशा कुमारी श्रेष्ठले बताउनु भयो । जुम्लामा यस वर्ष देखि डिल्पोमा इन फार्मेसि कोर्ष पढाई हुने भएकाले तराईमा गएर पढ्नु पर्ने झनझट हट्ने उहाँको भनाइ छ ।
२०३७ सालमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालयले टिएसएलसि देखि डिप्लोमा  तह सम्मका शैक्षिक कार्यक्रम सचालन गर्दे आएको छ । ३ वर्षका लागि पढाई हुने डिल्पोमा इन फार्मेसि विषयको पढाई पुरा गर्न ९७ हजार ६ सय ६० रुपैया खर्च हुने श्रेष्ठले बताउनु भयो । ४० वटा कोटा मध्ये जुम्लाको ४, कर्णाली प्रदेशका ९ वटा जिल्लाबाट २÷२ जना, ४ वटा छात्रवृत्ति र अन्य १४ सिट समानुपातिक ढगबाट भर्ना गरिने उहाँको भनाइ छ ।
यसै शैक्षिक सत्रबाट डिप्लोमा इन फार्मेसि विषयको पढाई हुने भएकाले इच्छुक विद्यार्थीले समयमै सम्पर्क गर्न शिक्षालयले आग्रह गरेको छ । प्राविधिक शिक्षालयले टिएएलसि अन्तर्गत कृषि, निर्माण, अनमी र सिएमए तथा डिल्पोमा तह अन्तर्गत ओभरसियर, आईएसिएजि र फरेष्टि कार्यक्रम सचालन गरि सकेको छ ।
शैक्षिक विकास तथा दक्ष जनशक्ति उत्पादनका लागि जुम्लामा डिप्लोमा इन फार्मेसि विषयले विद्यार्थीका लागि सहयोग गर्ने शिक्षालय प्रमुख श्रेष्ठले बताउनु भयो । उहाँका अुसार लाखौँ रकम खर्चर गरेर तराईका महगा कलेजमा गएर प्राविधिक विषय अध्ययन गर्नबाट विद्यार्थीलाई सहयोग पुग्ने बताउनु भयो । पुरानो विरासत बोगेको शिक्षालयले नयाँ शैक्षिक कार्यक्रम सचालका लागि पहल भइ रहेको उहाँले जानकारी गराउनु भयो ।कर्णाली प्राविधिक शिक्षालय जुम्ला स्थीत चन्दननाथ नगरपालिकको उतर भेगमाको घुघुत्ती भन्ने ठाउँमा अवस्थित छ । यो शिक्षालय बि.सं. २०३७ सालमा स्थापना भएको हो ।

यो नेपालकै अग्रगामी प्राविधिक तथा ब्यावसायिक बिधालय हो । यो शिक्षालयलाई प्राबिधिक तथा ब्यवसायिक तालिम परिषदबाट संबन्धन प्राप्त छ । यस अन्तर्गत कृषि, स्वास्थ्य, निमार्ण सम्बन्धी विषय पढाई हुने गर्दछ । जुम्ला सदरमुकाम देखि ४० मिनेटको पैदल यात्रा दुरीमा रहेको छ ।

यस शिक्षालयमा विशेष गरि दुर्गम भेगका, विछडिएका बर्गलाई पेशामुलक शिप दिन स्थापना भएको र यहां अध्ययनरत अधिकांश विधार्थी समेत यसै कर्णाली अञ्चलकै रहने गरेको पाईन्छ ।शुरु स्थापना कालदेखि हालसम्म हजारै प्राविधिक जनशक्त्ति उत्पाद गरि सकेको यस शिक्षालयले समग्र कर्णालीको शिक्षा क्षेत्रमा अतुलनिय योगदान रहेको नकार्न सकिदैन् । यस शिक्षालयमा रहेको भवनको डिजाईन र योजनात्मक बनावटले जो सुकैको मनमा कैतुहलता उत्पन्न गराउन सफल रहेको छ । यस शिक्षालय अन्तगर्त गरिव ४७ वटा भवन रहेको जस अन्तर्गत कक्षा कोठा, गोष्ठि तथा सेमिनार हल, विधार्थीको आवाश भावन, कर्मचारीहरुको आवाश भवन, कृषी फर्म, चमेना गृह लगायत अन्य भवन रहेका छन् ।

सम्बन्धित समाचार