जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सवकाे तयार पूरा

जुम्ला : जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सवकाे तयारी पुरा भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति  जुम्लाको आयोजना र एके ईभेन्ट वहुउद्देश्यीय प्रा.ली सुर्खेतकाे आर्थिक सहयोगमा महोत्सव तयारी पूरा भएकाे हाे। याे कार्यक्रम यहि वैशाख १२ देखी २३ गते सम्म महोत्सव सञ्चालन गरिने पत्रकार भेटघाट मार्फत जानकारी गरिएको छ ।
त्यस्तै  लाेक दाेहाेरी प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापले महोत्सव सञ्चालन गर्नका सवैको सहयोग तथा सहकार्य आवश्यकता रहेको बताए । उनले भने, जुम्लामा पर्यटन, सास्कृति तथा आर्थिक व्यापार प्रवर्धनका लागि महोत्सव गरिने भएको छ । आयोजकका अनुसार स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति हुने भएको छ ।  महोत्सव सञ्चालन गर्नका लागि अनुमानित खर्च योजना वनाएर अगाडि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
जुम्लामा उद्योग बाणिज्य संघले करिब ३ बर्ष अगाडि महोत्सव आयोजना गरिएको थियो । कोरोनाका कारण ठूला महोत्सव गर्न नसकेको जुम्लामा यस पटक महोत्सव चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ राजासिममा गरिने भएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकारको पनि उपस्थित हुने भएको छ ।

यस्ताे छ प्रेस बिज्ञाप्ती

सम्बन्धित समाचार