जुम्लामा प्रथम बृहत्त कृषि पर्यटन तथा व्यापार महोत्सव (फोटोफिचर)

जुम्ला ः जुम्लामा प्रथम बृहत कृषि, पर्यटन, ब्यापार तथा सांस्कृतिक महोत्सब सुरु भएको छ । आर्थिक तथा व्यापारिक गतिविधि बढाउन,रैथानेबाली तथा स्थानीय भाषा सांस्कृतिको प्रर्बद्धन गर्ने उदेश्यले विहिबारदेखि जुम्लामा बृत्तह महोत्सव सुरु भएको हो ।

त्यस्तै महोत्सवको प्रतिनिधिसभा सदस्य सांसद विनिता कठायतले उद्घाटन गरेकी हुन । उनले हरेक नागरिकले आफ्नो भाषा पहिचान ,र सभ्याताको बारेमा जानकारी हुन आबश्यक छ । उनले मनोरञ्जनसंगै भाषा संस्कृतिको संरक्षण पनि हुने उनको भनाई छ ।

त्यस्तै गाउँपालिका राष्ट्यि महासंघका केन्द्रिय उपाध्यक्ष लक्ष्मण बहादुर शाहीले जुम्लाको कृषि,पर्यटन,व्यापार तथा संस्कृतिलाई प्रर्बद्धन गर्न जरुरी रहेको बताए । उनले यो महोत्सवको लागी आफ्नो पालिकाबाट ३ लाख दिने प्रतिबद्धता गरेका छन ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख प्रमुख गौरी नन्द आर्चाय,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायत स्थानीयतहका प्रमुखहरुको सहभागीता रहेको थियो ।


त्यस्तै महोत्सवका सर्वसाधारण लाई १ सय ५०,विद्यार्थीलाई कार्ड देखाएमा एक सय,र अपांग,जेष्ठ नागरिकलाई कार्डका आधारमा निशुल्क गरिने आयोजकले जनाएको छ । भने प्रतिस्टललाई प्रतिदिन एक हजारका दरले शुल्क लिईने छ ।यो महोत्सव १० दिन सम्म संचालन हुने छ ।

सम्बन्धित समाचार