जुम्ला : राष्ट्रिय मानव अधिकार आयोग जुम्लाले २४औ मानव अधिकार दिवस मनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले मानव अधिकार दिवशको अवसरमा जिल्लाका मानव अधिकार सवाल अवस्था ,समस्या र चुनौतीका बिषयमा विषयमा अन्र्तक्रिया गरिएको हो ।
त्यस्तै आयोगका जुम्ला शाखा प्रमुख धनराज शाहीले जुम्लाको मानव अधिकारको अवस्था र आयोगले गरेका कामहरुको बिषयमा प्रस्तुतीकरण गरेका थिए ।उनका अनुसार आयोगले अनुसन्धान गरेका घटना घटना, यहाको मानव अधिकारको सवालका बारेमा जानकारी दिए ।
प्रमुख धनराज शाहीले जिल्ला स्तरमा समन्वय समिति गठन देखी तातोपानी लगाएतका केही स्थानीय तहमा समन्वय समिति गठन गरिएको छ । जिल्लामा विपत, महिला तथा वालवालिकाका सवाल, विकास निर्माण लगायतको काम गरेको छ । उनका अनुसार संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८ मा विश्वव्यापी मानवअधिकार घोषणापत्र जारी गरे पनि आधिकारिक रूपमा दिवस मनाउन थालिएको सन् १९५० देखि हो।
यस दिनलाई अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउन सभाले सबै देशलाई आमन्त्रित गरेको थियो । त्यसपछि सभाले ४ सय २३ (भी) रेज्योलुसन पास गरी देश र सम्बन्धित संगठनहरूलाई १० डिसेम्बरलाई दिवसका रूपमा मनाउन सूचना जारी गरेको थियो । मानव अधिकारको सार्वभौमिक घोषणा ५०० भन्दा बढी भाषामा उपलब्ध रहेको छ ।मानव अधिकार दिवस मनाउनुको उद्देश्य संसारका सबै मानिसले सुरक्षाको प्रत्याभूति गरून् र भेदभावरहित, स्वतन्त्रतापूर्ण जीवन जिऊन सकून् भन्ने हो । मानव अधिकारमा स्वास्थ्य, आर्थिक समाजिक, शिक्षाको अधिकार पनि पर्छन् ।
त्यस्तै दिवशको अवसरमा जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले मानव अधिकार आयोगको कार्यालय जुम्लामा ब्यवस्थापनको लागी निरन्तर पहल आवश्यक रहेको बताए ।उनले मानव अधिकारका सवालमा आवश्यक रहेको बताए । उनले भने, यहाका सामाजिक कृरिती न्युनिकरणका लागी सबैको हातेमालो आबश्यक छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मानव अधिकार क्षेत्र व्यापक भएको बताए । उनले सिंजा गाउँपालिका ६ मा स्याउ विरुवा काटिएको विषयमा राम्रो नभएको तर वन अतिक्रमणका लागि जिल्ला वन कार्यालयले सुरक्षा माग गर्दा प्रहरी पठाएको बताए ।
त्यस्तै नेपाली कांग्रेसका नेता घनश्याम नगरकोटीले लागु औषध व्यापक रुपमा बढेको बताए । उनले यसको नियन्त्रणका लागि सवैको सहकार्य आवश्यक छ । यसको लागी नेपाल प्रहरीले सक्रियता बढाउनु पर्ने बताए।
त्यस्तै नेकपा एमालेका नेता ईन्द्र थापाले मानव अधिकारका सवालका बारेमा सचेतना हुन पर्ने बताए । राष्ट्रिय प्रजातान्तिन्त्र पार्टीका अध्यक्ष वेदबहादुर शाहीले मानव अधिकार आयोग कार्यालयको कार्याक्षेत्र बढाउनु पर्ने बताए । नेमकिपाका अध्यक्ष पुर्णलाल खत्रीले ठूला राजनिति दलले मानव अधिकारको हननमा ध्यान नदिएको बताए ।
त्यस्तै कार्यक्रममा अधिवक्ता देवेन्द्रराज शर्माले मानव अधिकार आयोगको जुम्ला कार्यालय सारिएको विषय गम्भिर भएको बताए । उनले भने यसमा सवैको ध्यान दिन जरुरी रहेको छ । यहाको न्यायका लागि आउने कतिपय पिडितहरुको वडावाट सिफारिस ल्याउनु पर्ने हुदा समस्या भईरहेको बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले मानव अधिकार आयोगले विभिन्न कालखण्डमा निकै राम्रो काम गरेको बताए । उनले भने,‘मानव अधिकार आयोगको कार्यालयनै सार्ने काम राम्रो भएन ।उनले जुम्लाका हिंसा पिडित महिलाहरुका लागि आवश्यक कोष स्थापना गरिनुपर्ने, बताए । त्यस्तै कार्यक्रममा क्याड नेपालका कार्यकारी निर्देशक धनबहादुर गौतम, पेश नेपालका कार्यकारी निर्देशक किश्वर न्यौपाने, किडाक नेपालका जिल्ला संयोजक दिपराज रावत सहितले मानव अधिकार सवालका बिषयमा बिभिन्न सुझाव दिएका छन ।
त्यस्तै मानव अधिकार आयोगले संविधानले दिएको नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च प्राथमिकता दिएको छ ।समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सिमान्तकृत समुदायलाई राज्यको मूलधारमा ल्याउन पनि संविधानले निर्दिष्ट गरेको समेत पाइन्छ ।
नेपाल संयुक्त राष्ट्र संघको सदस्य भए पश्चात मानव अधिकारको सम्मान, संरक्षण र प्रवद्र्धनको कार्यमा अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिबद्धता जनाउँदै आएको उल्लेख गरेका छन् । सोही प्रतिबद्धता अनुकूल हुने गरी नेपालको संविधानले विश्वव्यापी रूपमा स्वीकार गरिएका मानव अधिकार अन्तर्गतका प्रायः सबै अधिकारहरूलाई मौलिक हकको रूपमा स्वीकार गरी संवैधानिक प्रत्याभूति गरेको पाइन्छ ।
प्रेस नेपालको आर्थिक सहयोग जिल्ला समन्य समिति जुम्लाको समन्वय र राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाको आयोजना गरिएको कार्यक्रममा राजनितिक दल, संञ्चार कार्मी सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि महिला अधिकार कर्मी सुरक्षा निकायको सहभागीता रहेकोे थियो ।





