जुम्ला ः जुम्लामा सामुदायिक वन अतिक्रमण गरेको भन्दै स्याउ,ओखर, आरुका र नास्पतीका विरुवा काटेर फालिएको छ। सिंजा गाउँपालिका–६मा अवस्थित स्यानीपातल काफलबारी सामुदायिक वनको अतिक्रमण हटाउने नाममा ओखर,नास्पती र स्याउका विरुवा काटेर फालिएको हो ।
त्यहाका स्थानीयका अनुसार यस अघि स्यानीपातल भन्ने मात्रै समुदायिक वन हो ।काफलबारी सामुदायिमा थिएन । यो भखर्रै भाँडगाउका स्थानीय र वन उपभोक्ता समितिका अध्यक्ष रंगबहादुर रावत र वनका केही कर्मचारी मिलेर काफल वारी पनी सामुदायिक वन वनाइएको हुन । वन क्षेत्रको पुर्वमा दिलौरी चौर पश्चिममा मासीडाँडा, उत्तरमा भुगाडी हान्ने ठूलो खोला र दक्षिणमा भेडानागी भन्ने चारकिल्ला भित्रको क्षेत्रमा धेरैले सार्वजानिक जग्गामा समेत स्याउका बगैंचा बनाउदै आएको देखिन्छ ।
त्यस्तै यस बिषयमा सिजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धिताल भन्छन ,सिजा गापा वडानँ ६ भाडगाँउको सार्वजनिक वनमा लगायका स्याउका बोटहरु काटेर सखाप बनायको भिडियो र भाईरल भयको समाचार ले हामीलाई हैरान पारेको छ ।
यस बिषयमा हामीलाई जानकारी भयका निम्न तथ्यहरु अबगत गराउद छु । उनले भने,‘प्रस्तुत जग्गा अतिक्रमण भयको भनी स्थानीय स्यानी पातल सामुदायिक बन उपभोक्ता समितिले डिभिजन कार्यालय मा निवेदन दियर अतिक्रमण बिरुद्व कारबाही अघि बढायको रहेछ ।
यस अघि अतिक्रमण गर्ने भनियका मानिस र सामुदायिक वन उपभोत्ता समिति बिच बिबाद बढ्दै जाँदा बिपक्षीबाट सम्मानित उच्च अदालतमा रिट समेत परि उक्त रिट खारेज भयको रहेछ ।अदालतले दियको आदेश अनुसार अतिक्रमित वनबाट खेति बालि र बोट बिरुवा हटाउन भनी पटक पटक सामुदायिक वन उपभोत्ता समिले जिल्ला वन कार्यालयलाई पहल गरिरहेको र तेसैको परिणाम हामीले यो कारबाही गरेका हौ भन्ने सामुदायिक वन उपभोत्ता समितीका पदाधिकारी को भनाई छ ।
बिरुवा नकाटेको भय अरु छलफल गर्न सकिन्थ्यो भन्ने बिपक्षी को भनाई छ । मिति २०८१÷२÷४ गते जिल्ला बन कार्यलय ,प्रहरी र सामुदायिक वन उपभोत्ता समिति र स्थानीय जनता र जनप्रतिनिधि हरु भयर उक्त स्थानमा गयकै बेला स्थानीय हरु आक्रेसित भई घर घरबाटै बन्चरो लियर स्याउ आरु ,काटियको रहेछ ,। केहि ओखरका बोट काटियको रहेन छ । यस घटनाबाट उत्पन परिस्थिति प्रति हामी दुखि छौँ ।
यसमा पालिकाको गम्भीर ध्यानाकर्षण भयको छ ।उनले भने,‘बन अतिक्रमण हुनबाट जोगाउनु राम्रो कुरा हो होला तर ती हुर्केका स्याउका बोटबिरुवाहरु नकाटेर यसलार्य सामुदायिक वनकै आम्दानी कोश्रोत बनाउन सकिन्थ्यो भन्ने हाम्रो धारणा हो ।यो घटनाबाट उजाड बनेको उक्त बनमा बृक्षारोपण गरेर बन हराभरा बनाउने गाँउपालिकाले कार्यक्रम बनाउने बताए ।
त्यस्तै सिजा ६का पुर्व वडाध्यक्ष कालि बाहादुर बुढा भन्छन ,यो धेरै पहिले जोरु ,भाँडगाउका केही ब्यक्तिले यो ठाउको जमिन धेरै पहिले बाट उपयोग गर्दै आएका थिए । उनीहरुले स्याउ लगायको कम्तीमा १५ देखि २० वर्ष भयो होला । भाँडगाउँका नागरिकले आफ्नो हो भनि दाबी गर्दै आएको पहिले देखि हो । उनले भने,‘आफु वडाध्यक्ष हुने वेलामा यस्तो बोटा काट्ने भन्ने कुरा आएको थिएन ।
पहिले स्यानी पातललाई मात्रै सामुदायिक वन दर्ता थियो ,पछि काफलवारीलाई पनी सामुदायिक वन बनाउने भन्नेर लागेका थिए । उनका अनुसार काफल बारीमा स्याउ लगायर आएका किसानको पनी बिरोध थियो । उनीहरुले भनेका थिए । यति काफलवारीलाई सामुदायिक वन बनाउने भए हामी पनी बसन पाउनु पर्छ भन्ने थियो ।
स्याउका बिरुवा रोपेका लाई कुनै जानकारी नदिई वडाध्यक्ष लाल बहादुर बुढाको सहमतीमा भाँडगाउका नागरिक एक जुट भई घरघरबट पैसा उठायर डिभिजन वन कार्यालय जुम्लाका प्रमुख सुर्खेत गएको वेला सुर्खेतमै गयर काफलबारीलाई समेत सामुदायिक वनमा दर्ता गराएको भन्ने हल्ला गाउमा छ ।गत मंसिरमा अतिक्रमण गरेको वन हटाउने , स्याउ ओखरका लगाउने संग बस्ने भन्ने सामुदायिक वन उपभोत्ता समितिले निणर्य गरेको थियो ।
त्यो निणर्यमा गएको फागुनमा जुम्लाको स्थानीय प्रशासनको रोवरमा दुबै पक्ष बसेर समस्या समाधान गर्ने भनिएको थियो । तर त्यो नगरेर वन अतिक्रमण गरेर स्याउ लगाइएको भनिएका पक्षलाई कुनै पनी जानकारी नदिई स्याउ काटियो यो दुखत कुरा हो । उनले भने,‘खाली जमिन उपभोग गर्न मानिसले पाउनु पर्छ भन्ने छ ।
त्यस्तै वन अतिक्रमण गर्नेलाई कनुनी प्रक्रियामा ल्याउने कुरा होला तर यसरी बिरुवा काट्ने काम गलत हो । सिंजा–हिमा सव डिभिजन वन कार्यालय नराकोट जुम्ला र इलाका प्रहरी चौकी नराकोट जुम्लाको सहयोग, सिंजा गाउँपालिका ६कै वडाध्यक्षको सहमतीमा सामुदायिक वन समितिका अध्यक्ष रंगबहादुर रावतको नेतृत्वमा भाडगाँउका सबै स्थानीयहरुको सक्रियतामा स्याउ,ओखर नास्पतीका बिरुवा काटिएको हो । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर ६ भाडगाउँमा अतिक्रमित वन क्षेत्र हटाउने नाममा स्याउका करिब ३ हजार बोट फँडानी गरेको छ ।
त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्थानीयले वन क्षेत्र अतिक्रमण गरेर स्याउ खेती गरेकाले त्यसलाई हटाइएको बताए । वन क्षेत्रमा स्थानीयले कानुन विपरीत स्याउ रोप्ने, अरु बिरुवा पनि लगाउने, खेतीपाती गर्ने, टहरा बनाउने गरेका थिए ।
त्यसलाई हटाउन वन कार्यालयले सहयोग मागेपछि हामीले प्रहरी पठाएका हौँ ।उनले स्याउ,ओखरको बिरुवा कृषि तर्फ पर्ने भएकाले फाडनी गर्ने मिल्ने प्रतिक्रिया दिए। तर ‘सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा प्रहरी समेत परिचालन गरेर धमाधम रुख बिरुवा काटिरहेको देखिन्छ ।
त्यस्तै डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरतबहादुर बुढथापाले यही जेठ ४ गते करिब ८ देखि १० हेक्टर वन क्षेत्रको अतिक्रमण हटाइएको बताए । उनले यो सरकारकै निति हो स्याउ र ओखरका बिरुवा काट्न पाइन्छ । उनले सिंजा–हिमा सब डिभिजन वन कार्यालयले आफूहरुलाई जानकारी गराएको बताए ।उनले भने,‘स्याउ र ओखरका बिरुवा काट्न पाइन्छ । वन अतिक्रमण गरी लगाइएको सबै बिरुवा नष्ट गर्ने पाउने कानुनी प्रबधान छ । यो हामीले राम्रो काम गरेका हौँ । स्याउ र ओखरका बिरुवा काटिएको ठाउमा हामीले अरु बिरुवा रोपेर हरियाली बनाउने छौँ ।
त्यस्तै सिंजा ६ का वडाअध्यक्ष लाल बहादुर बुढाले सो वन अतिक्रमण हटाउनका लागी सहजी करण गरिदिर्न हुन भनि यही जेष्ठ ३ गते सामुदायिक वन उपभोत्ता समितिले चिठी काटेको थियो । म अलि ढिला पुगे म नपुग्दैन ५० भन्दा बढी बोटा भाँडगाउका नागरिकले काटिसकेका थिए ।
सबै भन्दा बढी स्याउ ओखर लगाउनेमा जोरु गाउका नागरिक थिए । माथी बाट प्रहरी वनका कर्मचारी अमिन सबै आएका थिए । उनका अनुसार स्यानी पातलले सामुदायिक वन पहिले देखि हो । तर काफलवारी पछि थपेका हुन । काफलबारीलाई सामुदायिक वनमा रोखेको पाँच वर्ष जति भयो होला । मेरो कुनै राजनितिक पुर्वआग्रह होइन । मैले यि भाँड गाउका नागरिकलाई कन्टोल गर्न सकियन । उनले भने,‘प्रेम दमाइको हकमा कतै ब्यवस्था गर्ने सोच रहेको छ ।
मरो त उठिवास भयो प्रेम दमाइ
त्यस्तै प्रेम दमाइको घर पहिले साविकको तालिम गाबि हो । उनका बुवालाई भाँडगाउका नागरिकले देवता पुज्ने लगायतका राम्रा काममा पंञ्चेबाजा बजाउने ,कपडा सिलाउनका लागी लगेका थिए । उनको नामको लाल पुर्जामा २५ वर्ग मिटिर मात्रै जमिन छ ।उनलाई भाँड गाउँकै श्री चन्द रावत प्रधान पञ्च हुदा खेरी देखी काफलबारीमा रहेको वन खनेर उपभोग गर भनेर दिइएको थियो ।उनी अहिले इसाई धर्म मान्छन, देवता पुज्नेवेला बाजा बजाउन र कपडा सिलाउन जादैनन। उनको अहिले ११ जनाको परिवारछ ।उनका दुइ सय ओखरमा र एक सय स्याउका बिरुवा रोपेका थिए ।
यस पटकको वन अतिक्रमण हटाउने नाममा उनले लगायका सबै बिरुवा काटेपछी जिउने आधारनै खोसिएको छ । प्रेम दमाइ भन्छन,‘ मेरा चार बच्चा छन ।मलाई मर्न बाहेक कुनै उपाय छैन । मेरो नामा त्यही २५ वर्ष मिटर बाहेक कुनै जनिम छैन ।त्यही एैलानी जग्गामा फलेको स्याउ र ओखरको भरमा परिवार पालेको थियो । पहिले उनीहरुले नै खानेर खा भनेका जग्गा बनाउन लगाय अहिले आयर उठिबास गरिदिए ।
काटियका बिरुवाका संख्या
त्यस्तै बल बहादुर बुढाले स्याउ ,ओखर र आरुका गरी ४ सय बिरुवा फल्ने रहेको बताए । उनले हामीलाई कुनै पनी छलफल नागरी गाउका सबै मान्छे आयर काट्नु गलत भएको बताए । उनका अनुसार हामीले अहिले होइन बाउबाजेका पालादेखी त्यो जमिन उपभोग गर्दै आएको बताए ।
त्यस्तै बलविर बुढाका ३ सय बिरुवा थिए । उनका अनुसार जसमा ७५ वटा ओखरका विरुवा थिए ।त्यस्तै जय बहादुर बुढाका १सय ५० बिरुवा रोपेका थिए ।उनका अनुसार जसमा ४० वटा ओखरका बिरुवा थिए ।
त्यस्तै बलराम बुढा ,कन्न बुढा, मान बहादुर रावत ,बिर्ख रावत, प्रेम दमाइ ,राम बहादुर बुढा, बल बद्ध बुढा लगायतका गरी झण्डै तिन हजार बढी बिरुवा काटेको स्थानीयले बताए । यि फल दिने स्याउ,ओखर,नास्पती र आरु गरी झण्डै ४ करोड बरावरको आम्दानी खेर गएको कृषि प्राविधिहरुले बताएका छन ।स्थानीय बलविर बुढाले हाम्रो लाल पुर्जा भएको जग्गा होइन तर हामी आज भन्दा झण्डै ५० वर्ष पहिले देखि बालनाली लगाउदै आएका हौँ अहिले सम्म गरेको हाम्रो परिश्रम खेर गयो ।हामीलाई कुनै जानकारी नदिई बिरुवा काटियो । एक बिरुवा हुर्काउन कति समय लाग्छ । हामीले आफ्नो बच्चा जस्तै गरेर बचाइएका बिरुवा काटियो ।
हामी कुनै अर्को देश बाट आएका नागरिक होइनौ । हाम्रो जिविका पार्जन चलाउनका लागी लगाइएको स्याउ ओखरका बिरुवा पन्चरो ल्यायर काटियो । उनले भने, सरकारले आफ्नै देशमा उत्पादन गरेर आम्दानी बढाउ भनेको सुनिन्छ ।
तर हामीले लागाएको करोडौ मुल्यको स्याउ र ओखर फँडनी गर्न स्थानीय सरकार ,प्रशासन प्रहरीको बल प्रयोग गरियो । हाम्रो रोजिरोटी खोसियो, हाम्रो बाँच्ने आधार फँडनी गरियो ।नीहरुले भने, हामीले प्रयोग गर्दै आएको जग्गा एैलानी भएपनी वन समिति तथा सरकारले आम्दानीको रुपमा राख्न सक्थ्यो तर त्यही निकाय नै लागेर फाडनी गरि दियो । यता स्यानीपाताल काफलबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रंगबहादुर रावतका अनुसार पूर्वमा दिलौरी खोला,पश्चिममा मासीडाँडा,उत्तरमा भुगाडी खोला र दक्षिणमा भेडानागी चार किल्ला क्षेत्र अतिक्रमणमा परेको प्रतिक्रिया दिएका छन । उनले स्याउ ओखरका बिरुवा सामुदायिक वन भित्र रोपिएकाले काटेको बताए ।
यस्ता छन वन सम्बनधीका ऐन निमावलीहरु