जुम्ला : जुम्लामा तीन दिन गणतन्त्र दिवस मनाइँदै छ। यही जेठ १४, १५, र १६) गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन लागेको हो। गणतन्त्र दिवसका अवसरमा तीन दिन सम्म विभिन्न क्रियाकलापका लागि जिल्लास्तरमा ६ वटा निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । उनले जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोजकत्वमा चन्दननाथ नगरपालिकाका प्रमुख, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, पत्रकार, नागरिक समाजको सहभागिमा जिल्लास्तरीय समिति गठन गर्ने निर्णय गरिएको छ।
जेठ १४ १५ र १६ गरी तीन दिनसम्म जिल्लास्थित सबै सरकारी निकाय, प्रतिष्ठान तथा संघसंस्थाका कार्यालयका छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ कार्यालयहरु र जिल्लावासीका घरघरमा दीप प्रज्ज्वलन, जेठ १४ गते बिहान जिल्ला प्रशासन कार्यालयपरिसर र अन्य स्थानमा डिभिजन वन कार्यालयको सहयोगमा वृक्षरोपण र साँझ स्थानीय कृष्ण मन्दिरपरिसरमा दिप प्रज्ज्वलन गरिने छ ।
त्यस्तै सोम बार पहिलो दिन २६ वटा देवदारका बिरुवा वृक्षरोपण गरिएको छ। ‘जेठ १५ गते बिहान जिल्ला प्रशासन कार्यालयअगाडि प्रभातफेरीसहित बजार परिक्रमा, जेठ १६ गते बिहान बजार सरसफाइ र स्थानीय कृष्ण मन्दिरअगाडि वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक सडक नाटक मञ्चन गरिने छ।