जुम्ला प्रहरी परिसरमै निःशुल्क स्वास्थ्य शिविर

जुम्ला :  जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरीका लागी निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । प्रहरी कर्मचारी २४ सै घण्टा नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरू स्वस्थ भएमा मात्र आम नागरिकको सुरक्षामा प्रभावकारी भूमिका रहने भन्दै एक दिने निशुल्क स्वास्थ्य शिविर गरिएको हो ।


त्यस्तै प्रहरीहरुको स्वास्थ्य चेकजाँचको लागि कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले बताए ।उनका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्ला आयोजना कर्णाली स्वाथ्य बिज्ञान प्रतिष्ठानको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो। उनले भने,‘कुनै पनि रोगहरूलाई सुरुमै पहिचान गरी उपचार गर्न सकेमा धेरैजसो रोगहरूबाट बच्न सकिने भन्दै स्वास्थ्य परीक्षण गराउने गरेको हो ।

त्यस्तै शिविरमा निःशुल्क हाड जोर्नी तथा नशा रोग विशेषज्ञ,नाक, कान, घाँटी रोग विशेषज्ञ सहितको रोग सम्बन्धी परीक्षण गरिने प्रतिष्ठानका डाक्टर राकेश कुमार यादवले बताए । उनका अनुसार तनावमा खटिने प्रहरीले आफू पनि स्वस्थ हुनुपर्छ भन्ने मान्यताका साथ कार्यालयमै स्वास्थ्य परीक्षण आयोजना गरिएको हो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे यो नियमित परीक्षण गर्न आबश्यक छ ।रोग लाग्नु भन्दा रोगको पहिचान गरी समयमै समस्या समाधान गर्न जरुरी छ ।उनका अनुसार प्रहरी सुरक्षाको लागी कटिने हुदा दुई–तीन महिनामा स्वास्थ्य शिविरहरू आयोजना गर्न जरुरी छ ।


त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आचार्याले स्वास्थ्य नै पहिलो धन भएकाले व्यस्ततामा रहेका प्रहरीको लागी समयमा स्वास्थ्य चेकजाँच गर्न अबश्यक रहको छ ।उनका अनुसार प्रहरीले कर्मचारीहरूलाई कार्यालयभित्र सेवा लिँदा अस्पताल गएर व्यस्त समय खर्चिनु र लाइन लाग्न पर्छ । यसले गर्दा आफूमा भएको समस्या वा स्वस्थ छु भन्ने ढुक्क हुनका लागि स्वास्थ्य परीक्षण गर्ने अवसर पाउनु यो शिविर प्रहरीका लागी महत्व पुर्ण छ ।


त्यस्तै नेपाल पत्रकार महासंघ जुम्ला शाखाका उपाध्यक्ष दिलमाया शाहीले प्रहरीका यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी स्वास्थ्य परीक्षक गर्न जरुरी छ । उनले प्रहरी कर्मचारीले आफ्नो पेसागत कामकै कारण स्वास्थ्य संस्थामा जान नसक्दा कतिपयको गम्भीर स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने अवथालाई मध्यनजर गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको आयोजक टिम प्रति आचभार ब्यक्त गरिन । उनले प्रहरीका लागी स्वास्थ्य परीक्षण मात्र नभइ बिट अनुसारको क्षमता अभिबृद्धीका कार्यक्रम पनी हुन जरुरी छ ।

त्यस्तै यो शिविरले प्रहरीलाई आफ्नो शारीरिक र मानसिक , समाजिक अवस्थाको पुनरावलोकन गर्न सहज हुने छ ।कार्यस्थलमै सञ्चालन हुने स्वास्थ्य शिविरमा झण्डै एक सय ५० जनाको स्वास्थ्य चेकजाँच गरिने छ ।

सम्बन्धित समाचार