नेपाल कम्यूनिष्ट पाटी जुम्लाले थाल्यो समाजवादको बहस

जुम्ला :जुम्लामा नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी जुम्लाको आयोजनामा जुम्लाका कम्यूनिष्ट पार्टीहरु विचमा समाजवादको बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्र्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी जुम्लाले अवधारणा पत्र सहित प्रस्तु गरिएको थियो ।

त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीको कार्य योजना अनुसार पार्टी महासचिव विप्लव सिले तयार भएको २७ पृष्ठको कार्यपत्र कालिकोट जिल्ला ईनचार्ज विवेक सिले प्रस्तुत गरेका थिए । समाजबाद बहस जनताको दशकौ पुरानो चाहना भए पनि नेपाल कम्यूनिष्ट पार्टीले नेपाली समाजवादको अबधारणा ल्याउन सकेको थिएन ।

यस पटक नेपाल कम्यूनिष्ट पार्टीका नेपाली विशेषताको बिषयमा सश्लेषण र प्रस्ताव गरेको छ ।उक्त कार्यपत्रमा भनिएको छ, नेपाल २१ औ सताब्दीमा विश्वलाई नेपाली विशेषताको समाजबाद दिने अग्रगामी राष्ट्र बन्न सक्छ । नेपाली समाजवाद वारे सारा प्रगतिशिल अग्रगामी एवं क्रान्तिकारी शक्तिले वुझ्नु पर्दछ । नेपाल कम्यूनिष्ट पार्टीका महासचिव बिप्लव सिले परिकल्पना गर्नु भएको सो कार्यपत्रमा नेपालमा प्रतिनिधित्व गर्ने राजनैतिक दल र जनताले ढिला नगरी नेपाली विशेषताको समाजवादलाई वुझ्न, आवश्यक छ ।

विश्लेषणात्मक कार्यपत्रमा नेपाली विशेषताको समाजवादको राजनैतिक विशेषता, आर्थिक विशेषता, साँस्कृतिक विशेषता, अन्तर्राष्ट्रिय सम्बन्ध, भाषिक मान्यता, शैक्षिक विशेषता, जनस्वास्थ्य विशेषता, सूचना सञ्चार विशेषता, सुरक्षा विशेषता,कर्मचारी तन्त्रको बिशेषता,नागरिकता प्रणाली, यातायात प्रणाली, विधुत तथा उर्जा प्रणाली, कुटनितिक सम्वन्ध,मानव अधिकारको बिषय, सञ्चार स्वतन्त्रता, पर्यावरण, खेलकुद कस्तो हुने बिषयमा अवधारणा पत्र प्रस्तुत गरेको हो । कार्यपत्र तथा अवधारणापत्रमा विभिन्न कम्यूनिष्ट घटकका नेताहरुले आफ्नो सुझाव तथा धारणा उल्लेख गरिएको छ ।

अबको मिसन समाजवाद 
त्यस्तै अन्तरक्रियामा नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज शुसिल सिले अवको मिसन ८४ नभई हाम्रो मिशन समाजवादको हुने बताए । उनले जनताको आवश्यकता अनुसार कम्यूनिष्ट पार्टीहरुले काम गर्ने नकेको बताए । उनले कतिपय दलले मिसन ८४ भनिरहेको बताए । उनका अनुसार संसदवादी दलको काम नभएकाले मिलेर समाजवादको यात्रामा जान अपिल गरे । यसरी कम्यूनिष्ट पार्टीहरु नसचिएको खण्डमा २०८४ सालको निर्वाचन उद्दारवादी दक्षिणपन्थिको हातमा जाने संभावना देखिन्छ । कम्यूनिष्ट पार्टीहरु अव मिलेर नेपाली विशेषताको समाजवादको यात्रामा लाग्नु उत्तम विकल्प हो । उनले साम्राज्यवादले हेर्ने माओवादी, एमाले, समाजवादी कुनैलाई फरक नभई केवल कम्यूनिष्ट झण्डा हेर्ने भएकाले समाजवादबाटै हामी सक्षम हुनुपर्ने आबश्यकता छ ।

जुम्लामा ज्ञानेन्द्र शाही एक पात्र भएको हुन । तर अदृश्य शक्ति अरु भएकोले सचेत हुन जरुरी छ । यसका लागि अव कम्यूनिष्टले अस्तित्व सँगै सहअस्तित्व कायम बढाउनुपर्ने छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज प्रभाजित सिले जुम्लालाई कसरी कम्यूनिष्ट मय मनाउने बिषयमा ध्यान दिनुपर्ने उद्देश्य र पार्टीको केन्द्रीय कार्ययोजना अनुसार अन्तरक्रिया भएको बताए ।त्यस्तै अन्तरक्रियामा नेकपा एमालेका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा पूर्व राज्यमन्त्री वलबहादुर महतले समाजवादी गणतन्त्र चुनौतिको बिषय भएपनि कम्यूनिष्टले मित्र शक्ति पहिचान गरेर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले कम्यूनिष्टहरु एकता हुन जिल्ला जिल्लाबाटनै दवावको आवश्यकता रहेको छ ।

त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य डिल्ली प्रसाद काफ्लेले समाजवाद अगाडि बढ्न नदिने तत्वहरु संशोधनवादी रहेको बताए । उनले सोभियत संघबाट शुरु भएको संशोधनवाद नेपालमा समेत पुगेको दाबी गरे । उनले अवको आवश्यकता समाजवादी गणतन्त्र भएको बताए ।
त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नवराज न्यौपानेले अवधारणा पत्रमा समाजवादमा कसरी पुग्ने भन्ने थपिनुपर्ने सुझाब दिए । उनले , समाजवाद भनेको उत्पादित सबै बस्तुहरु सम्पति सम्मान हुने भन्ने हो । राष्ट्यिकरण हुने, उत्पादनका सामग्री साझा हुने, न्यायपूर्ण वितरण, शिक्षा, स्वास्थ्य निशुल्क हुने कुरा हो । यसमा सबै लाग्न आबश्यक छ ।

त्यस्तै अन्तरक्रियामा ज्येष्ठ कम्युनिष्ट नेता रामकृष्ण बुढ्थापाले अव नेपालमा सवै कम्यूनिष्ट एक नभए समाजवाद नआउने बताए । उनले माक्र्सवाद, लेलिनवाद र माओवादको निश्कर्षको नेपाली विशेषताको समाजवाद हुनेमा जोड दिएका छन ।

त्यस्तै अन्तरक्रियामा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष दयादत्त हमाल, नेकपा एमालेका नेता गोरख पछाई, नेमकिपा वर्दिया अध्यक्ष टिका प्रसाद न्यौपाने, नेकपा माओवादी केन्द्र गुठिचौरका अध्यक्ष लालबहादुर रावत, नेमकिपाका यज्ञबहादुर बुढथापा, पत्रकार महासंघका उपाध्यक्ष दिलमाया शाही, नेपाल कम्यूनिष्ट पार्टीका दिलिप सि लगायतले सुझाव सहित धारणा राखेका थिए ।

 

सम्बन्धित समाचार