जुम्ला ः विपत व्यवस्थापन निति र योजना निमार्ण गर्नका लागी सुझाव संकलन कार्यशाला भएको छ । कार्यशालामालामा जुम्लामा विपत व्यवस्थापनको निति, कार्यक्रम समेटिनुपर्नेमा सुझाव संकलन गरिएको हो । बढ्दो प्राकृतिक प्रकोप र जलवायू परिवर्तनले समस्या निम्त्याईरहेको छ । समयमै अव स्थानीय सरकारले यस बिषयमा जोड दिनका लागि सूझाव संकलन गरिएको छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार जिल्लामा नदिदोहन रोक्ने नितिलाई कार्यान्वयन गर्नुपर्ने छ । उनले अघिपछि डोजर लगाउने र त्यही स्थानमा योजना माग्ने चलन भएकाले त्यसलाई रोक्नुपर्ने आबश्यक छ ।
त्यस्तै किर्डाक नेपालको आयोजना तथा वल्र्डभिजन ईन्टरनेश्नलको सहयोगमा आयोजना गरिएको अन्तरक्रियामा चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाले विपतको क्षेत्रमा सवैभन्दा बढि बजेट विनियोजन गर्दै आईरहेको बताए । उनले कुनै विपत आएमा अन्य योजना काटेर पनि विपतमा जोड दिईने छ । उनका अनुसार जुम्लामा २०७९ सालको विपतमा महिनौ लाग्ने गरि सड्क बन्द भएपनि १५ दिनमा बाटो खोल्न प्रयास गरिएका थियौँ ,।उनले भने त्यसवेलाका भत्केका घर निर्माण नभएको बिषयमा ध्यान दिन आवश्यक रहेको छ ।त्यस्तै उपमेयर रामदेवी खड्काले जुगाँडखोला जोगाउँने निति कार्यक्रममा जोै करिडोर निर्माणमा तिब्रता दिने प्रतिवद्धता छ ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले विपतको भावी योजनाका लागि गरिएको कार्यक्रम महत्वपूर्ण छ । एकिकृत रुपमा सवै मिलेर विपतको सामना गर्न आजको आवश्यकता रहेको छ । उनले अग्रिम सुचना प्रणाली महत्वपूर्ण भएको बताए । अन्य आईलाग्न सक्ने विपतका बिषयमा ध्यान दिनुपर्ने हुन्छ ।
त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष भीमबहादुर रावतले सिँचाई कुला, खानेपानीका मुहान सुक्दै जान थालेकाले समस्या भएको छ । उनले सो अनुकुलका योजना, जथाभावी गिट्टी र वालुवा उत्खनन रोक्ने नितिमा आग्नु पर्ने देखिएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर २ का अध्यक्ष हेम बुढ्थापाले जिल्लाको विपत व्यवस्थापन वैंक आव्श्यकता रहेको सुझाव दिए । त्यस्तै चन्दननाथ नगरपालिकाका विपत शाखा प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले नगरपालिकाले गरिरहेका काम गरिरहेको छ । यो कार्यकालमा प्रति बर्ष ६० लाखको बजेट विपत शाखामा विनियोजन गरिएको छ । उक्त कोषमा न्यूनतम १० लाख राख्ने गरिएकोमा छ । नगरले विपत ऐन, जलवायू अनुकुलन ऐन निर्माण गरि काम भईरहेको छ ।
त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाईटिका ईश्वरा सुवेदीले नेपाल सरकारको सवै संरचनामा विपत समितिको संरचना बिषयमा जानकारी दिइन । उनले विपतमा सवैको सहकार्य आवश्यकता रहेको छ ।। उनले जुम्ला जिल्लामा विपतबाट आउने समस्यामा रोकथामका लागि पूर्व तयारी महत्वपूर्ण छ ।
त्यस्तै कार्यक्रममा गैर सरकारी सस्था महासंघ जुम्लाका अध्यक्ष टेकबहादुर रावतले सुचना एप्स निर्माण तथा वातावरणीय असरको प्रभाव रोक्ने विषयमा सबै एक जुट हुनु पर्ने बताए । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले जिल्लाको विपतको अवस्थाको तथ्यांक संकलन गरिनुपर्ने, छ । यसका बिषयमा अग्रिम सुचना प्रणालीको बिकास गरी सुचना प्रचार र प्रसारमा जोड दिनु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा किर्डाक नेपालका एकिकृत पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजनाका संयोजक श्रीबहादुर भण्डारीले स्थानीय सरकारले निति कार्यक्रम ल्याउने तयारी गर्दै गर्दा सुझाव संकलन गरेर आवश्यक योजना बनाईने उद्देश्यले कार्यक्रम गरिएको जानकारी दिए ।