बृहत योग,ध्यान शिविर संञ्चालन गर्न शिश्य स्वामी कर्णदेवको टिम जुम्लामा

जुम्ला ः विश्वमा जस्तै नेपालमा पनि अहिले पतञ्जलि योगको लहर शुरू भइसकेको छ । यस पटक विश्व विख्यात योग गुरु स्वामी रामदेवज्युका शिश्य स्वामी कर्णदेवज्युको टिम जुम्लामा पुगेको छ । उनी सहित पतंजली योग समिती कर्णाली प्रदेशका सह–प्रभारी केन्द्रीय योग प्रशिक्षक जय बहादुर मल्ल पनी यो बृहत योग,ध्यान शिविरमा आएका छन । विश्व विख्यात योग गुरु स्वामी रामदेवज्युका शिश्य स्वामी कर्णदेवज्युले शारीरिक र मानसिक स्वास्थ्यका लागि योग नै सर्वोत्तम विकल्प भएको बताए ।
त्यस्तै आयुर्वेद स्वास्थ्य सेवा केन्द्रले जुम्लामा पनी योग अभ्यास एक महिना अगाडी देखी गराउदै आएको थियो ।यसले गर्दा जुम्लाका नागरिकमा योगप्रतिको जागरण बढेको छ ।


जुम्लाको टुँडिखेलमा बृहत योग,ध्यान शिविर बुधबारबाट संञ्चालन भएको छ ।आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला र चन्दननाथ नगरपालिका जुम्ला द्वारा संयुक्त रुपमा निःशुल्क ५ दिने बृहत योग,ध्यान शिविर सञ्चालन गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका निमिक्त प्रमुख नन्द प्रसाद न्यौपाने बताए ।उनका अनुसार नेपाली सेनाको टुँडिखेलमैदानमा बिहाना ५ बजे देखि ७ बजे सम्म अभ्यास हुन्छ ।


त्यहा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी स्थानीय नागरिक ,र जिल्लाका सवै स्थानिय तहहरुको सहभागीता रहेको छ । अभ्यास गराउदै आउनु भएका। उनका अनुसार यही जेष्ठ २ गते देखि जेष्ठ ६ गते सम्म संञ्चालन भइरहेको छ ।उनले भने, विख्यात योग गुरु स्वामी रामदेवज्यूका शिश्य स्वामी कर्णदेवको टिम जुम्लामा आयर यस्तो शिविर संञ्चालन भएको पहिलो पटक भएको हो ।

यो शिबिरमा शरीर भित्र रहेका दोष र रोगलाई सान्त गर्नाको लागि जडिबुटी युक्त क्वाथ सेवन पनी गराइने छ । यो शिबिरको मुख्य नारा गारौ योग रहौ निरोग भन्ने रहेको छ । यहाका धेरै भन्दा धेरै व्यक्तिले एकैपटक योगाभ्यास गर्न सकुन भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको हो ।


यो शिविरमार्फत मुटु, फोक्सो, मस्तिष्क, पाचन प्रणालीसँग सम्बन्धित शारीरीक रोगहरु निको पार्न सकिने, मोटोपन, मधुमेह, कोलेस्ट्रोल, कब्जियत, दम, एलर्जी, माइग्रेन, ब्लड प्रेसर, लकवा, अर्थराईटिस जस्ता सम्पूर्ण शारीरीक विकार नष्ट गर्न सकिने र शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुने दाबी छ ।

सम्बन्धित समाचार