जुम्लामा जेठ १३ देखि २६ सम्म बालबालिकालाई पोलियो रोग विरुद्ध खोप लगाईदै

जुम्ला : जुम्लामा यहि जेष्ठ १३ गते देखि बालबालिकालाई पोलियो विरुद्ध खोप लगाइने भएको छ । नेपाल सरकारले २०७३ बैशाख महिना देखि २०७५असोज महिना सम्म जन्मिएका बालबालिकालाई पोलियो रोग विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको हो ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले मंगलबार राष्ट्रिय खोप कार्यक्रम आइपिभी’ खोप अभियान सम्बन्धी, जिल्ला खोप समन्वयको पदाधिकारी तथा संञ्चारकर्मीहरुको लागी अभिमुखिकरण तथा बहस पैरबी कार्यक्रम गरिएको छ । यही जेठ १३ गते देखि १८ गते सम्म जुम्लाको चन्दननाथ नगरपालिका ,गुठीचौर गाउँपालिका ,पातारासी गाउँपालिका र तातोपानी गाउँपालिकामा पोलियो रोगविरुद्धको खोप‘आइपिभी’ अभियान सञ्चालन गरिने भएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनले भने, ‘१८ गते देखि २६ गते सम्म तिला ,हिमा, सिजा ,र कनका सुन्दरी गाउँपालिकामा संञ्चालन हुने छ । यो खोप अभियान १३ देखी २६ गते सम्म बिद्यालयमा र सम्बन्धीत वडाकार्यालयमा संञ्चालन हुने छ ।

यस अघि कुनै खोप छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन्। प्रमुख सापकोटाका अनुसार जुम्ला ५ हजार ८ सय २८ जना बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइने जानकारी दिए। उनले पोलियो रोगको सङ्क्रमण केही देशमा अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको बताए। उनका अनुसार वि.सं.२०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो।

सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए। खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले देशभरका लागी३२ करोड बराबरको खोप उपलब्ध गराएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका अनुसार ‘नियमित रुपमा ती बालबालिकालाई लगाइने पोलियोविरुद्धको खोप गाभीले त्यतिबेला उपलब्ध गराउन सकेको थिएन’, उनले भने, ‘अहिले फेरि खोप उपलब्ध गराएपछि लगाउने तयारी गरिएको हो। नियमिततर्फ पोलियोविरुद्ध छ हप्ता, १० हप्ता र १४ हप्ताका बालबालिकालाई मुखबाट थोपा तथा १४ हप्ता र नौ महिनासम्मका बालबालिकालाई खोप लगाइने गरिन्छ । जस्वास्थ्य कार्यालयका प्रमुख सापकोटाले पोलियोले रोग सबैलाई लाग्ने भएपनी मूलतः पाँच वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने गरेको बताए ।


त्यस्तै जिल्ला समन्व्य समितिका प्रमुख तथा खोप समन्वय समितिका अध्यक्ष गौरी नन्द आचार्यले बालिबालिकालाई विभिन्न रोग र संक्रमणबाट जोगाउँदै बाल मृत्युदर घटाउन खोप महत्वपुण भएको बताए । उनले सरकारले निःशुल्क रुपमा लगाइँदै आएको खोपको गुणस्तरीय भएको खोप लागाउनु पर्ने बालवालिकालाई अनुरोध गरे ।उनले खोप कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबैको सहयोग आबश्यक छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले सरकारले खोप कार्यक्रममा समावेश भएका खोप निःशुल्क पाउने अधिकार सुनिश्चित गरिएको बताए । कुनै पनी रोगको रोकथाम, नियन्त्रण, निवारण वा उन्मूलन गर्नको लागि खोप दिनुपर्ने आबश्यक छ । राज्यले सोही अनुसार खोप कार्यक्रममा किटान गरिएका वर्ग, समुदाय वा क्षेत्रका व्यक्ति अर्थात् ‘लक्षित’ समुदायलाइ निःशुल्क उपलब्ध गराउदै आएको छ । उनले खोप कार्यक्रम प्रभावकारी बनाउन पत्रकारको ठुलो हात रहको बताए ।

त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले पोलियो भाइरसका प्रकार, पोलियो रोग उन्मुलनको हालको अवस्था , पोलियो रोगको रोकथाम र उपचार ,पोलियो रोग ,आ.इ.पि. भी . खोपको परिचय र औचित्य र पोलियो रोग बिरुद्ध दिइने खोपहरुको बारेमा अभिमुखि कार्यक्रमा प्रशिक्षण दिइएको थियो ।

त्यस्तै खनेपालका सम्पुर्ण बालबालिकाहरुलाई विभिन्न सरूवा रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्दै खोपबाट बचाउन सकिने रोगहरुबाट हुने बिरामीदरमा कमी ल्याई शिशु तथा बाल मृत्युदर घटाउन नियमित रुपमा संचालन गरिदै आएको खोप सेवा कार्यक्रमलाई राष्ट्रिय खोप कायक्रम भनिन्छ ।

सम्बन्धित समाचार