जुम्ला : मार्सीधान संरक्षणका लागि जुम्लाको पातारासी गाउँपालिकाले धान दिवस तथा रोपाई महोत्सवको गरिएको छ ।विश्वको सबैभन्दा उच्च स्थानमा मार्सीधान फल्ने उपमा पाएको छुमचौर ज्युलोमा कृषि बिकास कार्यालय जुम्लाले धान दिवस तथा रोपाई महोत्सव गरेको हो । त्यो क्षेत्र समुन्द्री सतह देखि झण्डै २ हजार ८ सय ५० मिटर उचाईमा छ। हरेक वर्ष सरोकारवाला निकाया स्थानीय सरका लगायतमा अगुवाईमा धान रोप्ने कार्य शुरु हुन्छ ।
यस वर्ष पनी महोत्सवका माध्यमवाट कालीमार्सी धानको महत्व उजागार गर्न र किसानलाई मार्सी फलाउन उत्प्रेरणा दिनको लागि महोत्सव आयोजना गरिएको कृषि बिकास कार्यालय जुम्लाका प्रमुख बालक देवकोटाले बताए । उनले भने,‘बजारमा मार्सी चामलको हत्व बढेको छ। मार्सीधान उत्पादन गर्ने किसानको जोश जागर निकै कम छ। किसानलाई उर्जा दिन र बजारमा आएको माग पुरा गर्न किसानलाई जागरुक गर्न धान दिवस तथा रोपाइ महोत्सव गरिएको हो । त्यस्तै पातारासी गाउँपालिकाका ,स्थानीय किसानले संयुक्त रुपमा धान रोपेर धान दिवस तथा महोत्सव मनाएका हुन ।
त्यस्तै पातारासी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गोबिन्द्र बहादुर रावतले विश्वकै अग्लो स्थान छुमचौर ज्युलोमा धान दिवस तथा रोपाई महोत्सव सम्पन्न भएको बताए । उनले मार्सीधान उत्पादन वृद्धि गर्न,खेती विस्तार गर्नका यो वडामा प्रत्येक वर्षमा एक पटक रोपाई महोत्सव हुदै आएको छ ।त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले हरेक ठाउको आफ्नो रितिरिवाज र परम्परा हुनछ । उनले भने,‘जुम्लामा भाषा,साहित्य र सभ्यतासँगै अर्ग्यानिक रैथाने बाली उत्पादनका हिसाबले पनि सक्षम जिल्ला हो । यसलाई प्रथामिकतामा राख्न आबश्यक छ ।