आयुर्वेद स्वास्थ्य केन्द्र,जुम्लाको बृहत योग,ध्यान शिविर सञ्चालन सम्बन्धी सूचना


प्रस्तुत विषयका सम्बन्धमा यस आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला र चन्दननाथ नगरपालिका जुम्ला द्वारा संयुक्त रुपमा निःशुल्क ५ दिने बृहत योग,ध्यान शिविर सञ्चालन हुन गहिरहेकोले जिल्ला स्थीत सम्पुर्ण सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी,शसस्त्र प्रहरी जिल्लाका सवै स्थानिय तह पत्रकार महांसंघ लगाएत सम्पुर्ण पत्रकार जगतकासाथै योग तथा आध्यात्मप्रेमी सम्पुर्ण जुम्ला जिल्लावासी आमा, बुवा, दाजुभाई तथा दिदि बहिनी हरुलाई उक्त निःशुल्क खुल्ला योग, ध्यान शिविरमा सहभागी भई मौकाको फाईदा लिनुहुन सादर अनुरोध छ ।
नन्द प्रसाद न्यौपाने
निः कार्यालय प्रमुख

तपशिल :
मिति : २०८१ जेष्ठ २ गते देखि जेष्ठ ६ गते सम्म
समय :बिहान ५ बजे देखि ७ बजे सम्म
स्थान : नेपाली सेनाको टुडिखेल मैदान जुम्ला बजार
सेवाहरु:

१ विश्व विख्यात योग गुरु स्वामी रामदेवज्यूका शिश्य स्वामी कर्णदेवज्यू तथा पतंजली योग समिती कर्णाली प्रदेशका सह–प्रभारी केन्द्रीय योग प्रशिक्षक श्री जय बहादुर मल्ल ज्यूबाट योग प्रशिक्षण गराईने
२ शरिर भित्र रहेका दोष र रोगलाई सान्त गर्नाको लागि जडिबुटी युक्त क्वाथ सेवन गराईने ।

सम्बन्धित समाचार