जुम्ला : जुम्लाका जिल्ला सरकारी वकिल कार्यालयका सरकारी वकिल दिपक बस्यालले पीडितको मुद्दामा चरम लापरबाही गरेको देखिएको छ ।उनले नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाहीको मद्दा छिटो बुझाउनको लागी बाल यौन दुर्वव्यवहार अन्तरगत याैनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको ,फकाएको कसुर गरेको दफामा बाल यौन शोषणको कसुर पुष्टि हुने भनि अभियुत्त, उपर अभियोग दाबी गरेका हुन ।
।यति सम्मकी जुम्ला प्रहरीमा जाहेरी परेको बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको ,फकाएको कसुर शिर्षकको जाहेरी समेत ख्याल नगरेको पाइएको छ ।उनले मुद्दाको अभियुक्त उपरको लगाईएको अभियोग बालयौन शोषण गरेको भनि तथ्य प्रमाण पुष्टी हुन आएको उल्लेख गरिएको छ ।
तर यसमा बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गर्ने ,फकाउने कसुर गरेको सजायको राखेको छ । सरकारी वकिलले बस्याल बालयौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गर्ने ,फकाउने कसुर गरेको सजाय शोषण उल्लेख गरेका छन । तर बालयौन शोषणको सजाय जवरजस्ती करणी गरे बराबरको हो ।
शाहीलाई बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गर्ने ,फकाउने गरेको कसुर सम्बन्धीको जाहेरी परेको थियो । पीडित बालिका स्वयम आफै जिल्ला प्रहरी कार्यालय जुम्लामा उपस्थित भई आफ्नो बुवाले दिएको बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गर्ने ,फकाउने कसुर गरेको जाहेरीमा घटना बिवरण कागज गरेकी हुन । यसमा सरकारी वकिल बस्याले अभियुक्त उपर लगाएको कसुर र सजायको तालमेल मिलेको देखिदैन। तर सरकारी वकिलले अदालतमा पेस गरेको अभियोगपत्रमा प्रतिवादी शाहीले बालयौन शोषण गरेको पु्ष्टी हुन आउँछ भनिएको छ ।
मुद्दाको शिर्षक पनी बालयौन शोषण सम्बन्धी कसुर भनि उल्लेख गरिएको छ । बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गर्ने ,फकाउने कसुर र बालयौन शोषण धेरै नै फरक कसुर हुन । बालयौन शोषण गरेको भनिएको मदलब बालिका माथी करणी गरेको पुष्टि हुन्छ ।
बालयौन शोषण गरेको कसुरमा जवरजस्ती करणीको कसुरमा कसुरदारलाई हुने सजाय रहेको कानुनी ब्यवस्था स्पष्ट रुपमा रहेको छ । यस्तो भद्रगोल अभियोग पत्र अदालतमा पेस गरी प्रतिबादी शाही धरौटिमा छुटिसकेका छन ।
नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाही विरुद्ध गत्त आसोज २४ गते बाल यौन दुर्वव्यवहार अन्तरगत याैनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको ,फकाएकोे कसुर गरेको भनि जिल्ला प्रहरी कार्यालय जुम्लामा दर्ता भएको थियो ।
पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएका थिए । प्रहरीले त्यसै मुद्दामा टेकेर अनुसन्धान सूरु गरेको थियो ।
बालयौन शोषण भनेको जवरजस्ती करणी गरिएको मानिन आउँछ ।प्रहरीमा जाहेरी एक शिर्षक को परेको र अभियुक्त उपर लगाइएको अभियोग पत्रममा अर्को शिर्षक उल्लेख गरेकाले संका उब्जाएको छ ।ऐमाले उपाध्यक्ष शाहीलाई छिटो हिरासत मुक्त गराउनका लागी सरकारी वकिलले बस्यालले मुद्दाको मिसिल अध्ययन नगरी बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको फकाएको हुनु पर्ने ठाउमा बाल यौन शोषण गरेको पुष्टि हुन्छ भिन प्रतिबादीको बयान सहितको अभियोग पत्र अदालत पेस गरीएको छ। सरकारी वकिलले प्रतिबादी शाहीलाई पनी बाल यौन शोषण गरेको कसुरमा बयान लिएका छन ।
प्रतिवादी शाहीले बालयौन शोषण नगरेको बयानमा भनेका छन । उनले बालयौन शोषणको कसुर गरेको भनिएको मुद्दा शिर्षकमा बयान दिए पनी उनी माथीको जाहेरीे बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको फकाएको कसुर सम्बन्धीको परेको हो।
यति सरकारी वकिल बस्यालले तयार परेको अभियोग पत्रमा जस्तै बालयौन शोषण भएको पुष्टि हुने सपुत्त प्रमाण भेटिएको खण्डमा प्रतिवादी शाही धरौटीमा कसरी छुटे भन्ने आम नागरिकको प्रश्न छ । यस अघि अन्य जिल्ला प्रहरी कार्यालय जुम्लामा बालयौन शोषण कसुर गरेको भनि दिइएको जाहेरीका प्रतिवादीहरु पुर्वपक्षका कागारागार चलान भएका छन ।
बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ उफदफा ३को ) बालयौन दुर्वव्यवहार अन्तरगत्तको (गं)मा बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गर्ने ,फकाउने सम्बन्धी उल्ले गरिएको छ । सोही दफा अन्तरगत रहेको (ज)मा बाल यौन शोषण सम्बन्धी उल्ले छ । र यि दुइ बिचको कसुर र सजाय धेरै फरक छन ।
त्यस्तै हतारमा मुद्दाको शिर्षक फरक पार्न भ्याएका सरकारी वकिल बस्यालले ऐमालेका नेता शाहीको भबिश्य बचाउन भने बिर्सिएका छैनन ।उनलेआफ्नै भतिजी नाता पर्ने बालिकालाई बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको, फकाएको मुद्दा लागेको भएपनी नैतिक पतन सम्बनधीे माग दाबी लिएको अभियोगपत्रमा काँकी कतै देखिदैन ।
ठुलापाटीको सर्वदलिय बैठक
यहि बैशाखा १२ गते आफै प्रहरीमा हाजिर हुन आएका शाहीलाई अदालतबाट तिन दिनको म्याद दिएको थियो । अदालतले दिएको म्याद सकिएको दिनको भोली पल्ट शनिबार परेकाले ऐमालका केही नेता र यहाका ठुला दल भनिएका नेकपा ऐमाले, नेपाली काँग्रेस ,नेकपा माओवादी लगायतका केही नेता तथा कार्यकर्ता र केही बहालवाला जनप्रतिनिधि प्रहरी कार्यालयमा साँझको समयमा पुगेका थिए ।
उनीहरु हिरासतमा रहेका नेता शाहीलाई बाहिर ल्याउनका लागी सर्वदलिय रुपमा गएका थिए ।उनीहरुले प्रहरीलाई ऐमाले उपाध्यक्ष शाहीलाई हाम्रो रोहबरमा छोडिदिन भन्दै चौतर्फि दभाब दिएको खवर बाहिरीएको थियो । तर जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले यसरी हिरातमा रहेका ब्यक्तिको मिसिल नबुझाई छोड्न नमिल्ने भन्दै नमाने पछि सोही दिन साँझ ऐमाले नेता शाही नछुटेका हुन ।
ठुला दल भनिएका केही नेता कार्यकता दलबल सहित प्रहरीमा दभाब दिन गएको कुरा प्रहरीले भने बोल्न चाहेन । प्रहरीले नबोले पनि प्रहरीको गेट अगाडी पसल गरेर बसेका नागरिकले भने उनीहरु आएको कुरा देखेका हौँ तर हामीले बोलेर केही हुदैन हामी बोल्दैनौ भन्नेका छन ।
त्यस्तै शाहीलाई गएको आईतबार प्रहरीले थप अनुसन्धानका लागी भन्दैै ५ दिनको म्याद माग गर्दै सरकारी वकिल कार्यालय लगेको थियो । तर सरकारी वकिलले शाही माथी थप अनुसन्धान गर्न नपर्ने भन्दै प्रहरीलाई मुद्दाको मिसिल ल्याउन माग गरेका थिए ।
सरकारी वकिलको मौखिक निर्देशनमा प्रहरी मिसिल बुझाउन सहमती नभए पछि सरकारी वकिल बस्यालले लिखित गरेको देखिन्छ । सरकारी वकिलल बस्यालले जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत रहेका बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको फकाएको आरोप लागेका शाहीलाई प्रहरीले अनुसन्धानको लागी मागेको म्याद थप दिन नमानेर मिसिल बुझाउनु परेको हो ।
यस्तो छ पीडितको भनाई
त्यस्तै पीडितको खोल ओढेर बसेका नियकाय बाट नै मेरो आधा न्याय मरेको महसुश गरेको पीडित बालिकाले बताइन ।उनले भनिन,‘सुरुमा प्रहरीले हिरासतमा राखेको कुरा सुन्दा खुसि लागेको थियो। साँचिकै प्रहरी प्रसशान र सरकारी वकिलहरु पीडितको लागी काम गर्दछन भन्ने लागेको थियो । तर मलाई एक पटक पनी कुनै जानकारी भएन। तर मैले बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको , फकाएको कसुर गरेको भनि जाहेरी दर्ता गराएकी हुँ । प्रहरीले अनुसन्धान मैले बाल यौन दुर्वव्यवहार अन्तगरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको फकाउने कसुर सम्बन्धी गर्योकी बालयौन शोषणको ।
यसमा अनुसनधान गर्ने निकाय र सरकारी वकिल प्रति मेरो आपती छ ।त्यो बालयौन शोषणको शिर्षक राखिएको मुद्दा मेरो होइन ।मैले दिएको बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको फकाएको सम्बन्धी कसुर गरेको हो ।फेरी अनुसन्धान गरिहोस उनले भनिन।
जिम्मेवार निकायबाट भएका यस्ता घिनलाग्दो हर्कत हुन्छ भने नियतबस नै गरिएको हो । मेरो प्रतिबादी पँहुचवाला भएका कारण उसकै पक्षमा काम गरेको दुखेसो गरिन ।उनले भनिन,‘मैले उसलाई एक लाख ५० हजार धरौटिमा अदालतले एक दिन अगाडी छोडेको थाहा पाएर अभियोग पत्र माग्दा दर्ता नभएको र अन्तिम पेज नभएको सरकारी वकिल सावले पठाउनु भयो । मैले आधा किन पठाउनु भो भनेर फोन गर्दा साँझ पठाउदिन्छ ।अहिले म केटिएस तिर छु भनेर आँनाकानी गर्नु भो । तर त्यो अभियोग पत्र पठाउनु भएन ।
मैले अहिले बुझदैछु की यो मुद्दा जिम्मेवार निकाय मानिने सरकारी वकिल कार्यायबाट गम्भिर त्रुटि भएको रहिछ पीडिले भनिन,‘यो मुद्दा मेरो कसरी हुन्छ ?म माथी बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको, फकाएको हो । बाल यौन शोषण होइन ।
मेरो बाबाले जाहेरी बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गर्ने फकाउने कसुर गरेको सम्बन्धीको दिनु भएको हो । मैले पनी त्यही अनुसारको कागज गरेको हो। उनले भनिन , यस जाहेरी परेको मौकामा काजग गर्ने पत्रकार दिलमाया शाही र यज्ञ बहादुर शाहीले गरेको घटना बिवरण कागज पनी बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको फकाएको कसुर सम्बन्धीको हो । पीडित बालिकाका अनुसार अभियोग पत्र हेर्दा खेरी शिर्षक अकैं राखिएको देखे । किन यस्तो गरीएको होला ।
पीडित बालिकाले भनिन,‘ पीडित बिभिन्न लोभलालजमा परी बिक्रिहुन्छन र अनि मुद्दा कमजोर हुन्छ भन्ने सुनेको थियो ।यस पटक म पीडित भन्दा पनि पीडितलाई न्याय दिने निकाय बिक्रि भएको महसुश भएको छ। यस कारण मुद्दाको शिर्षक फरक, तर सजाय बाल यौन दुर्वव्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको, फकाएको सम्बन्धी अभियोग पत्रमा उल्लेख गरिएको देखे ।
त्यस्तै यता सरकारी दिपक बस्यालले यो मुद्दाको अनुसन्धान पुरा भइसके पछि बुझाएको बादी गरे । उनले मुद्दा बुझाउन हतार गर्नुको कारण ऐमाले उपाध्यक्ष शाहीले आफन्त भतिजी नाता पर्ने बालिकालाई गरेको बाल यौन दुर्वव्यवहारअन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको , फकाएको कसुर गरेकोे जाहेरीलाई बालयौन शोषण सम्बन्धीको कसुर भनि अभियोगपत्र आफै बनाएका छन ।
तर उनले यो यो मुद्दा समान्य खालको भएकोले ५ दिनमै बुझाएको प्रतिक्रिया दिए ।उनले भने,‘ अभियोग पत्र पीडित बाहेक अरुलाई दिन मिल्दैन ।यो मेरो अधिकारको कुरा हो। मलाई सामान्ये मुद्दा लाग्यो छिटो बुझाई दिए ।पत्रकारले दभाब दिन मिल्दैन हामीले चाहेको गर्न पाउनु पर्छ,भन्ने जस्ता प्रतिक्रिया दिएका थिए । यस मुद्दालाई सामान्य भन्दै मजाक उडाउने गरेका सरकारी वकिल बस्यालले मुद्दाको शिर्षक फरक गरी अभियोग पत्र बनाएको बिषयमा केही बोलेनन ।
त्यस्तै महान्यायाधिवक्ता कार्यालयका महान्यायाधिवक्ता डाक्टर दिनमणी पोखरेललाई फोन सम्पर्क गर्दा पीडितको पक्षमा काम गर्नका लागी उहालाई पठाइएको हो ।त्यो उहाको डिउटी पनी हो ।म यस बिषयमा तत्काल बुझ्ने छु ।उनले भने,‘यस्तो त नहुन पर्नेहो म यस बिषयमा के कस्तो कारणले मुद्दा त्यस्तो भएको हो बुझउला ।
त्यस्तै जुम्लाका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले प्रहरीमा बाल यौन दुर्व्व्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेको, फकाएको कसुर गरेकोे जाहेरी दर्ता भएको बताए ।हाम्रो प्रहरीले बाल यौन दुर्व्व्यवहार अन्तरगत्त यौनजन्य क्रियाकलापका लागी प्रस्ताब गरेकाे, फकाएकाे, कसुर गरेको शिर्षकको मुद्दामा रहेर अनुसन्धान गरेको हो ।उनले भने,‘फरक शिर्षकको मुद्दा सरकारी वकिले किन लगाउनु भो,यस बिषयमा हामी जिम्मेवार छैनौ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक तथा यस मुद्दाका अनुसन्धान अधिकारी उमेश चन्दले म्याद थप मागेको वकिल सावले मिसिल बृुझाउनु पर्ने भनि लिखित गरेपछि बुझाएको बताए । उनले भने, हामीले ५ दिनको म्याद माग्न गएका थियौँ ।सरकारी वकिल सावले थप अनुसन्धान गर्न नपर्ने भन्दै मिसिल बुझाउन भनेपछि बुझाएका हौँ ।हाम्रो हतारमा मिसिल बुझाउनुको कुनै कारण थिएन ।
त्यस्तै नागरिकको जीउ,धन र वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्नु र विना भेदभाव न्यायको सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व हो ।तर राज्यका केही निकायमा बसेका मान्छेको ब्यक्तिगत स्वार्थका कारण पीडितले न्याय मरेको महसुश गर्ने गरेका छन ।अपराधको निष्पक्ष अनुसन्धान,अभियोजन र स्वच्छ पुर्पक्ष गरी अपराधीलाई दण्ड दिनु र पीडितलाई न्याय प्रदान गर्नु भएपनी कानुनको पुर्ण रुपमा पालना गर्ने निकाय नै पछिल्लो समयमा पीडितको न्याय भन्दा पनी राजनितिक आस्थामा झक्ने गरेको पाइन्छ ।
यस्तो छ दलातमा पेस गरेको अभियोग पत्र