जुम्ला : जिल्ला प्रहरी कार्यालय जुम्लाले लागू एक जनालाई पक्राउ गरिएको छ । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा गुठिचौर गाउँपालिका वडा नं ३ निवासी २३ वर्षिय दिपक बुढालाई लागू ओैषध (चरेश) सहित सोमबार पक्राउ गरिएको हो ।
त्यस्तै प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले साधापोसाकमा खटाइएका प्रहरीको टोलीको विशेष सूचनाका आधारमा चरेश बोकेर संकास्पद रुपमा हिडिरहेको अबस्थामा प्रकाउ गरेको हो । उनले भने, प्रहरीले सोमबार तल्लो जुगाड पुलबाट नियन्त्रणमा लिएको थियो । बरामद गरिएको लागू ओैषधलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको छ । विक्रि गर्ने प्रयोजनका लागि ल्याईएको १६१ ग्राम १० मिलिग्राम चरेश बरामद गरिएको छ।
जुम्ला यातायातको पँहुचमा पुगे संगै लागू ओैषध दुव्र्यसनी घटना बढ्दै गएको छन । प्रहरी नायब कामतीले जुम्ला प्रहरीले यसलाई न्युनिकरण गर्नका लागी बिद्यालय स्तरमा जनचेतनाका कर्याक्रमा र लागु औषध प्रयोगकर्तालाई कारबाहि प्रक्रियालाई तिव्रगतिमा बढाउने बताए । उनका अनुसार पक्राउ परेका यूवालाई १० दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ ।
लागु औषध दुव्र्यसनीमा लाग्ने सबै भन्दा विद्यालयमा कक्षा आठ देखि १२ सम्म अध्यायन रक्त उमेर समुहका बालबालिका रहेका छन ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार चालू आवको हालसम्म लागू ओैषधका १४ मुद्दा दर्ता भईसकेका छन । पछिल्लो समयमा लागुऔषध यो समस्या कुनै स्थान, मुलुक वा क्षेत्र विशेषको समस्या मात्र नभई विश्व मानव समुदायकै सामूहिक समस्याका रूपमा देखिँदै आएको छ।
जुम्ला प्रहरीका अनुसार लागुऔषध न्यूनीकरणमा समाजको चुनौतीको रुपमा देखिएको छ । यसरी युवाहरू दुर्व्यसनमा फस्दा घरपरिवार समाजमा पनी यसको असर देखिएको छ ।तसर्थ लागुऔषध बाट बालवालिका जोगाउन सबैले आ–आफ्नो घरका अभिभावक जिम्मेवारी रुपमा लाग्न आबश्यक देखिएको छ ।