जुम्लामा नेपालकै पहिलो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन


जुम्ला : नेपालकै पहिलो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन जुम्लामा सम्पन्न भएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा शनिबार देखि सूरु भएको ‘सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ आईतबार सकिएको हो । यो सम्मेलनले जुम्ला घोषण पत्र जारी गरेको छ । घोषण पत्रमा मानसिक स्वास्थ्य समस्याको ठूलो खाडल र देशमा उपलब्ध सेवा र विशेष मानसिक स्वास्थ्य जनशक्तिको अभावलाई पहिचान गर्दै त्यसलाई पूरा गर्न नवप्रवर्तन र सहकार्यको गर्ने लगायतका बिषय उल्लेख गरिएको छ ।


‘सबैको मानसिक स्वास्थ्यका लागि नवप्रवर्तन तथा सहकार्य’ नारासहित नेपालमा पहिलो पटक जुम्लामा यो सम्मेलन गर्न सफल भएको प्रतिष्ठानका उपकुलपती डाक्टर मंगल रावलले बताए । उनले भने,यो सम्मेलनले समग्र कर्णालीको लागी केही महत्वुर्ण काम हुने देखिएको छ । यहा धेरै मानसिक रोगका समस्या देखिन थालेका छन ।उपकुलपती रावलका अनुसार सम्मेलन हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहकार्यमा भएको हो ।


त्यस्तै यो प्रतिनिधिसभा सदस्य विनिता कठायत जिल्ला समन्वय समितीका प्रमुख गौरी नन्द आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उनले कर्णाली प्रदेशकै दुर्गम मानिएको जुम्लामा सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुनु अपरिहार्य भएको प्रतिनिधिसभा सदस्य विनिता कठायतले बताइन । उनले सबै भन्दा ठुलो कुरा मानिस स्वस्थ रहनु हो । खासै राज्यले मानसिक समस्यालाई पहिलो प्रथामिकता दिनु पर्ने आबश्यक छ ।

त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले ,‘जीवनको सबैभन्दा महत्वपूर्ण स्वास्थ्य हो। स्वास्थ्य राम्रो भए सबै राम्रो हुन्छ।’डाक्टरको अभाव भइरहने जुम्लाले आफैं डाक्टर उत्पादन गर्न थालेको बताए। उनले जुम्लामा बनेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान एक पर्यटकीय गन्तव्य भएको बताए । उनले सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ बाट धेरै बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे।


त्यस्तै डा. श्रीधर पौडेलले कर्णाली जस्तो दुर्गममा यस्तो सराहनीय कार्य गर्न आउन पाउँदा गौरव लागेको बताए। उनले यो समस्या नेपालभरि फैलिएको छ । कर्णालीको अवस्था, दुर्गम क्षेत्रमा देखिएको मानसिक स्वास्थ्य समस्यालाई प्रत्यक्ष बुझ्न र अध्ययन गर्न पाएको खुखि ब्यक्ति गरे । उनले भने, यो सम्मेलनले सुगम हार्वर्ड युनिभर्सिटी र दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धी काम गर्ने अवसर जुटाएको बताए ।

त्यस्तै यस पटक जुम्लामा भएको यो सम्मेलनबाट रुढिवादी सोच र चिन्तनले थलिएका मानसिक बिरामीका लागि केही राहत पुग्ने देखिएको छ । यस सम्मेलनले कर्णालीका नागरिकका लागि मानसिक स्वास्थ्य र सेवाको पहुँच पु¥याउने उद्देश्यले जुम्लामा आयोजना गरिएको बुझिएको छ ।


त्यस्तै सम्मेलनमा अमेरिकाबाट चार र नेपालभरिबाट दर्जनभन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताको सहभागिता रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ । सम्मेलनमा करिब ५० वटा मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो । सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका सामाजिक विकास सचिव, स्थानीय सरकारका प्रमुख तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिको सहभागिता रहको थियो ।

त्यस्तै यता मानसिक विशेषज्ञ डा. विद्यादेव शर्माले दुर्गम क्षेत्रका नागरिकको मानसिक स्वास्थ्य अवस्था सुधार चुनौती रहेको बताए । उनले भने, विभिन्न चुनौतीका बाबजुद पनि जुम्लामा सम्मेलन गर्न सफल भएको आधार ब्यक्त गरे । सम्मेलनका लागि नेपाली समुदायमा आधारित मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले समेत सहकार्य गरेका छन्।
                                       यस्तो छ जुम्ला घोषणा पत्र

सम्बन्धित समाचार