जुम्ला : महिला र बालिका माथी बढ्न थालेका हिंसाहरुको निवारण गर्नका लागी राज्या जिम्मेवार निकाय जागरुप हुनुपर्ने राष्ट्रिय महिला आयोगका अध्ययक्ष कमला कुमारी पराजुलीले बताइन । उनले महिला अधिकारको संरक्षण, संवद्र्धन र नीतिगत वकालतका लागि गठित राष्ट्रिय महिला आयोगले महिला हिंसा निवारणको लागी जिम्मेवार निकायलाई निर्देशन दिर्दै आएको बताइन । उनले आयोगले महिला, बालिकाहरुको अधिकारका विषय सम्बोधन गर्न पहल गर्दै आएको बताइन । उनले सामाजिक परिवर्तनसँगै हिंसाका घटनामा पनि बदलाव आएको छ ।
महिला माथी भएका घटनाहरुको गम्भिर रुपमा सुनुवाइ हुन पर्छ । उनले भनिन,‘कर्णाली लगायतका ठाउमा परम्परागत हिंसा अहिले पनि कायम छ । तर नयाँ खालका हिंसा पनी बढ्दै गएका छन् । आयोगले हिंसा न्यूनीकरणका लागि सचेतना, खबरदारी र पैरवीका काम गर्दै आएको छ ।कार्यस्थलमा हुने हिंसा, विद्यालय, घर र सामाजिक परिवेशलाई पनि सुरक्षित बनाउन हामीले काम गरिरहेका छौँ ।उनले भनिन,‘कुनै पनी राजनितिक दल ,जनप्रतिनिधि ,प्रहरी प्रशासन लगायतका जिम्मेवार ब्यक्तहरुले महिला र बालबालिका माथी भएको अपराध ढाकछोप गरेको खण्डमा आयोगलाई जानकारी दिन अनुरोध गरिन । समग्रमा महिला आयोगले सबै प्रकार, अवस्था, समुदायका महिलाको अधिकार र मानव अधिकार संरक्षणका लागि सचेतना जगाउने काम गर्छौँ । फरक समुदायका महिलालाई मात्र लक्षित गरेर पनि कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।
यस पटक कर्णालीको जुम्ला ,मुगु र कालिकोटमा महिला हिंसा निवारणको लागी सचेतना तथा उत्प्रेरण सम्बन्धीको अन्तर क्रियाकार्यक्रम गरिएको छ । उनले भनिनन,‘संघियता पछि गाउमा सरकार आएको छ । यहाका महिलाहरुका समस्या शशक्त्तीकरणका बारेमा प्रथामिकताका साथ लाग्नु पर्छ । महिलामाथि हुने गरेको हिंसाको अध्ययन, अनुगमन र अनुसन्धान गर्ने काम निरन्तर भइरहेको छ । राज्यले ती समुदायका लागि कानुनीरुपमा व्यवस्था गरेका सुविधाका बारेमा पनि जानकारी दिने र लिनका लागि सहजीकरण र समन्वय गरेर काम गर्न आबश्यक छ ।
त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरी नन्द आर्चायले महिला हिंसा न्युनिकरणका लागी आफ्नो तर्फबाट सहयोग हुने बताए । उनले भने,‘स्थानीय तहले पनि लैङ्गिक उत्तरदायी बजेट निर्माण गर्नु पर्ने बताए । उनले सोही अनुसार कार्यक्रम बनाउन र कार्यान्वयनका लागि सुझाव र निर्देशन पनि आफ्नो तर्फबाट दिने बताए ।
त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर राजु सिहं कठायतले पछिल्लो समयमा मानसिक तथा शाररिक हिंसाका घटना पनि त्यतिकै बढेको देखिन्छ । महिलाहरु माथी हुने हिंसा कसरी कम गर्र्ने भन्ने बिषयमा सबै लाग्नु पर्ने बताए ।
त्यस्तै नगरउपप्रमुख रामदेवी खड्काले महिला हिंसाको समाजमा हेर्दा बढी देखिन्छ । तर उजुरीको रुपमा आउन सकेको छैनन। उनले भनिनि,‘ आफु न्यायिक समितिको संयोजक भएकाले महिला र बालवालिका माथी भएका अपराधिक गतिबिधिहरुका दोषिलाई कानुनी निकाय सम्म जानका लागी सहयोग गर्ने बताइन । त्यस्तै राष्ट्रिय मानव अधिकारी आयोग जुम्लाका प्रमुख धनराज शाहीले जुम्लामा बढ्दो क्रममा रहेका महिला हिंसाका कारण महिलाको मानव अधिकारको उल्लङ्घनको प्रमुख विषय भएको बताए । उनका अनुसार जुम्लाको परिवेसमा हेर्नेहो भने महिला र बालवालिका माथिको हिंसा अत्यधिक छ। जिम्मेवारी निकायले कानुनी सजाय दिनुपर्ने हो । तर संरक्षण गर्ने काम भइरहेको छ ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरिक्षक छेदीलाल कामतीले जुम्लामा महिला बालवालिका सम्बन्धी परेका उजुरीको बारेमा प्रस्तुत गर्नु भएको थियो । उनका अनुसार प्रहरीमा आउने उजुरी ,अपराध न्युनिकरणका लागी प्रहरीले संञ्चालन गरेको सचेतनाका कार्यक्रमा र जुम्ला जिल्लाको समग्रह अवस्थाका बारेमा जानकारी गराइएको हो ।
त्यस्तै महिला जारण जुम्लाकी अध्यक्ष दिलमाया शाहीले महिलाको न्यायमा पहुँच अझै पनी पुग्न नसकेको बताइन । उनका अनुसार केही प्रतिनिधिको रुपमा आएका महिला र बालबालिकाका घटनाहरुमा पनि पीडितले न्याय पाउन सकेका छैनन । उनले भनिन,‘जुम्लाका बालयौन दुर्वव्यवहारका घटना बढ्न थालेका छन ।
यस्ता गतिबिधिमा संलग्न हुने ब्यत्ती पैसा र पँहुच वाला रहेका छन ।उनीहरुको अपराध लुकायउनका लागी यहाका राजनितिक दलहरुको संरक्षण भइरहेको छ । अध्यक्ष शाहीले भनिन,‘ पीडित कमजोर र पीडक शक्तिशाली हुँदा पनि धेरैउजुरीहरू नआउने र प्रहरीमा आएका जाहेरीमा अनुसन्धान गहिरो रुपमा नहुने समस्या छन् । उनले भनिन,‘आधुनिक विज्ञानको विकाशसँगै नयाँ पुस्तामा आएको सचेनताका कारण यसलाई थोरै चिर्न खोजिए पनिपरम्परागत मान्यता र अन्धविश्वासका कारण सदियौँदेखि जरा गाडेर रहेको कारण महिला र बालवालिकाका सवाल उठान गर्नु चुनौती पुर्ण रहेका छन ।
त्यस्तै पितृसत्तात्मक व्यवस्थाका कारण सदियौँदेखि विभेदको शिकार हुँदै आएका महिला र बालवालिका माथी हुने ज्यादतीकोक्रम रोकिएको छैन । यस्ता खालका हिंसा पहुचवाला ब्यक्तिबाट हुने गरेका छन भने हिंसामा पर्ने पीडित प्रायः गरीब, दलित, असहाय, बृद्धहरू रहने गरेका छन् ।