चुकेनीको विधुत जुम्ला सदरमुकाममा छोडियो : सदरमुकाम झिलिमिली

जुम्लाको बहुप्रतिक्षाको घडिको रुपमा रहेको ९९८ किलोवाटको चुकेनी जलविधुत आयोजनाको बत्ति निर्माण कार्य करिब सकिएको छ ।वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको ६० प्रतिशत, स्थानीय नागरिकको सेयर तथा लगानीमा निर्माण शुरु भएको चुकेनी विधुत सहकारी संस्था लिमिटेड पातारासीद्धारा सञ्चालित ९९८ किलोवाटको विधुत मंगलवार जुम्ला सदरमुकाममा समेत बत्ति बलेको छ ।
वैकल्पिक उर्जा प्रर्वधन केन्द्र जुम्लाका फिल्ड संयोजक पृथ्वीबहादुर शाहीका अनुसार अहिले चुकेनीको विधुत सदरमुकाममा समेत वलेको जानकारी दिनुभयो । उहाँका अनुसार आज कर्णाली प्रतिष्ठान वाहेक अन्य बजार क्षेत्रमा बिजुली बलेको छ । वैकल्पिक उर्जा अन्तरगत ग्रामिण जिविको पार्जनका लागि नविकरणीय उर्जा कार्यक्रममा ईन्जिनियर सुदिप पौडेलले करिब २९३ केभीको विधुत लाईन खपत भएकोे जानकारी दिनुभयो । ईन्जिनियर पौडेलले अझपनि राम्ररी दिगोपना गर्न निरन्तर टोली खटिरहेको छ ।बजारमा बत्ति आएपछि स्थानीय खुशी भएका छन् ।

प्राधिकरणका अनुसार बत्ति छोडे पनि पावर नमिलेका कारण दिगोपनका लागि काम भईरहेको बताएको छ । अझ एक दुई हप्ता गहिरो तरिकाले काम गरेरमा ९९८ किलोवाट थेग्ने गरी बत्तिको काम भईरहेको जानकारी गरिएको छ । चुकेनी विधुत सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाका अनुसार आज जुम्ला सदरमुकाम बत्तिले झिलिमिली भएको छ, हेरौ दिगो हुने आशा गरिएको छ । बत्ति सदरमुकामको ३३ केभी लाईन सँग जोडिएर सफल परीक्षण भएको र अव राम्ररी व्यस्थापन गरेमा केही समयमा जुम्ला सदरमुकाम लोड सेडिङमुक्त हुने पहलकर्ता तथा पूर्व मन्त्री नरेश भण्डारीले बताउनुभयो ।

सम्बन्धित समाचार