जुम्लाका एमाले उपाध्यक्ष शाही प्रहरी हिरासत

जुम्ला ःनेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाही जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत रहेका छन ।यस अघि नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरतबहादुर शाही विरुद्ध बालयौन दुर्व्यवहारको आरोपमा जाहेरी परेको छ।
शाही जुम्ला आयर लुकीछिपि बसेको भन्ने हल्ला एक हप्ता अगाबै बजारमा थियो ।शाहीलाई गत्त आसोज २४ गते जाहेरी परे पछि जिल्ला अदालतबाट प्रकाउ पुँजी जारी भएको थियो ।

यहि बैशाख १५ र १६ गते ऐमालेको जिल्ला अधिवेसन लक्षित गरी आएको बुझीएको छ ।प्रहीरीले उनको अन्सन्धान एक दुइदिन भित्रै टुंगाउने ,अदालले पनी धरौटिमा छोड्ने भन्ने केही हल्ला सुनिन आएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी छेदीलाल कामतीका अनुसार उनी प्रहरीमा आफै हाजिर हुन आएका हुन । उनले भने,‘हामी खोज्दै थियौँ उनी प्रहरीको कार्यालयमा आफै हाजिर गर्न भन्दै आएको बताए ।उनका अनुसार आफै हाजिर गर्न आएपनी मुद्दा लागेकाले प्रहरीको हिरासतमा राखिएको छ ।उनका अनुसार अनुसन्धानको काम भइरहेको छ ।

त्यस्तै शाहीको मुद्दाको लागी अनुसान्धान आधिकारी ,जिम्मेवारी प्रहरी निरिक्षक याम बहादुर बुढा मगर लाइ दिएको थियो ।उनी तामलिको लागी बिदा गएको र प्रहरी निरिक्षक तथा सुचना अधिकारी उमेश चन्द समेत यतिवेला बिदामा रहेको देखिन्छ ।
त्यस्तै यस बिषय जुम्लाका डिएसपी छेदीलाल कामतीको जफाव यस्तो छ। अनुसन्धान अधिकारी नभएपनी हुन्छ । अनुसन्धान कसलाई तोकिएको छ भन्न मिल्दैन ।हामी उनको बारेमा बोल्दैनौ भन्दै फोन राखि दिएका छन ।
डिएसपी कामतीको यस्तो जफावले बालयौन दुर्व्यवहारको जस्तो मुद्दा लागेका शाहीलाई प्रहरीले नै पक्षपोषण गरेको संकेत देखिन्छ ।
त्यस्तै १७ वर्षीया एक किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाहीविरूद्व जाहेरी दर्ता भए लगतै शाही फरार भएका थिए ।उनमाथि बालबालिका विरुद्धको कसुर गरेको भन्दै गत्त आसोज २४ गते जाहेरी परेको थियो ।
ऐमालेका तातोपानीकी एक आफन्त भतिजी नाता पर्ने किशोरीलाई यौन क्रियाकलापका लागि प्रस्ताव गरेको,फकाएको र प्रलोभनमा पार्ने गरी फोन गरेको अडियो सार्वजनिक भएको थियो ।

पीडित किशोरीका बुबाले बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ बमोजिम जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले दर्ता गराएको थियो । नेता शाहीले किशोरीलाई प्रवेश परीक्षामा नाम निकालिदिने, पढाइदिने, ट्युसन खर्च आफै बेहोरिदिने र बदलामा संवेदनशील अंगको फोटो पठाउनुपर्ने र यौनसम्बन्ध राख्न दिनुपर्ने प्रस्ताव गरेको अडियो रेकर्ड सार्वजनिक भएको थियो।

 

सम्बन्धित समाचार