पत्रकार महासंघ जुम्लाको २० औ अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ शाखा जुम्लाको २० औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजना तथा तिला गाउँपालिकाको मुख्य सहयोगमा तिला गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अध्यक्ष नेत्रबहादुर शाहीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य विनिता कठायतको प्रमुख आथित्यतामा शुरु भएको उद्घाटन कार्यक्रममा विभिन्न निकाय तथा पत्रकारहरुले सुझाव सहित शुभकामना दिएका छन् ।

प्रतिनिधिसभा सांसद विनिता कठायतले तिला गाउँपालिकामा वर्थिङ सेन्टर निर्माणमा सहयोग गर्नेमा प्रतिवद्धता जनाउनु भयो । उहाँले जहिले पनि आफ्नो लागि नभई जनताका लागि काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले पत्रकारले पत्रकारको मर्मलाई ध्यान दिएर काम गर्ने बताउनुभयो । उहाँले राज्यको चौथो अंगले राजनितिको ट्याग हटाउनु पर्छ । तर आफुबाट पत्रकारिता क्षेत्रबाट गर्नुपर्ने कामका लागि पत्रकार महासंघ जुम्ला सँग सहकार्य गरेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले अव झुट बोलेर केही पनि नहुनेमा जोड दिनुभयो । सत्यताको राजनिति मात्रै सफल हुने बताउदै पत्रकारिता क्षेत्र मात्रै समाजको पुलको रुपमा रहेकोमा जोड दिनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले नेपाल पत्रकार महासंघ जुम्लाले महासंघको सम्मेलन तथा अधिवेशन घुम्ति शिविर जस्तै भईरहेकाले गाउँ समाजका विषयको उठान गर्ने अपेक्षा भएको जानकारी दिनुभयो । उहाँले दुर्गम तिला गाउँपालिकाको सवालमा अधिवेशन तथा तिला मिडिया सम्मेलनले जोड दिने बताउनुभयो ।

तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले तिला गाउँपालिकामा पत्रकार महासंघको अधिवेशन तथा तिला मिडिया सम्मेलन गरेर प्रथामिकता दिएकोमा पत्रकार महासंघलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले तला गाउँपालिका अहिले पनि सड्क पुल नजोडिदा पिठ्युमा भारी वोक्न वाध्य भएको तिलाको विकासमा ध्यान दिन पत्रकार तथा सरोकारवाला निकायलाई जोड दिनुभयो । उहाँले तिलाका केही वडामा अहिले पनि वर्थिङ सेन्टर हुन नसकेको स्थिति रहेको, सड्क बाटो समस्या भएको जानकारी दिनुभयो । उपाध्यक्ष गोरीकला वुढाले मिडियाको प्रर्वधन गर्न तिला गाउँपालिका प्रतिवद्ध रहेको बताउदै तिलाको विकासमा अधिवेशन र मिडिया सम्मेलनले तिलाको पर्यटकीय विकासमा जोड दिएकोमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले पत्रकार समाजको सवैभन्दा बढि भरपर्दो पेशा भएकाले सोही अनुसार काम गरिरहेको जानकारी दिनुभयो । उहाँले पत्रकारले तथष्टतामा जोड दिन अहिलेको पत्रकारिता क्षेत्रले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका प्रमुख धनराज शाहीले पत्रकार महासंघले जुम्लामा नागरिक अगुवाईको भूमिका खेल्दै आएको हुनाले यस कार्यका लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले पत्रकारिता क्षेत्र एकजुट भएर थप काम गर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वन्द शेषनमा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, पत्रकारका लागि पुरस्कार कार्यविधि तथा पारित गरिएको छ । सचिव मानदत्त रावलले प्रस्तुत गर्नुभएको प्रगति र कोषाध्यक्ष धनलाल वस्नेतले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन पारित गरिएको छ ।

५ लाखको कोष

महासंघले आफ्नो प्रगति प्रतिवेदनमा आफ्नो भौतिक संरचनामा महासंघको तेस्रो तलाको पक्कि भवन निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा भवन निर्माण सम्पन्न भएको छ । यसैगरी यस कार्यकालमा हिमा गाउँपालिकाको सहयोगमा रु ५ लाखको आर्थिक सहयोगमा पत्रकारका लागि अक्षयकोष स्थापना गरिएको छ । अक्षयकोष बाट क्रियाशिल पत्रकारका लागि पुरस्कार वितरण गरिने भएको छ । महासंघले कार्यविधि वनाएर विभिन्न विधाका पुरस्कार छनाौट गरी वितरण गरिने भएको छ । यसका साथै महासंघले पत्रकारको हक अधिकारको विषयमा, पत्रकार भेटघाट सहितका सामाजिक सवालका उठान गर्ने, पत्रकारिता क्षेत्रबाट विधागत पैरवि, क्षमता अभिवृद्धि लगायतका कामहरु गरिएको थियो ।

सम्बन्धित समाचार