पत्रकार महासंघ शाखा जुम्लाको आठ बुँदे तिला घोषणा


जुम्ला –नेपाल पत्रकार महासंघ शाखा जुम्लाले तिला घोषणा– पत्र, २०८१ जारी गरेको छ। उक्त घोषणा पत्र मंगलबार सम्पन्न गरेको २० औँ अधिवेशनमा जारी गरिएको हो । महासंघ जुम्लाको तिलागाउँपालिकाको सभाहलमा आठ बँदे तिला घोषणा पत्र सार्वजानिक गरेको हो।

त्यसलाई सहज बनाएर सञ्चार गृहले पाउने सेवा सुविधा रोक्न सरकार सँग माग गर्दछ,’ विशेष प्रस्तावमा भनिएको छ ।घोषणा पत्रमा नेपाल पत्रकार महासंघले नेपाली पत्रकारहरूको हकहितको पक्षमा दृृढतापूर्वक उभिँदै मुलुुकमा लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारका लागि पैरवी गर्दै आएको र नेपालको संविधानले प्रेश तथ अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरे पनि त्यसपछि गठन भएको तीन तहका सरकार तथा राजनीतिक दलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको उल्लेख गरिएको छ।
यस्तो छ तिला घोषणा– पत्र, २०८१
प्रस्तुत बिषयमा नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लाको २० औ अधिवेशन, साधारणसभा तथा तिला मिडिया सम्मेलन तिला गाउँपालिकाको हलमा यस महासंघ जुम्लाको आयोजना तथा तिला गाउँपालिका जुम्लाको सहयोगमा भब्य रुपमा सम्पन्न भएको छ । जुम्लाको ऐतिहासिक पर्यटकीय सम्भावना वोकेको तिला नदिको छेउमा उ्घाटन कार्यक्रमको उद्घाटन तथा बन्दसत्र भब्य रुपमा सम्पन्न भएको छ ।

यस अवसमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाको साधारसभा सम्पन्न गर्न उपस्थित भई सहयोग गर्ने सम्पूर्ण अतिथि ज्युहरु, साधारण सदस्य ज्यूहरु, पत्रकारहरु, मुख्य सहयोगी तिला गाउँपालिका, अन्य कार्यालय तथा निकायहरु, तिलाकाका स्थानीयवासी र ऐतिहासिक महत्वको बिषयको आम चासो चिन्ता गर्ने सम्पूर्णलाई धेरै धेरै धन्यवाद छ । यस अवसरमा महासंघको २० औ अधिवेशनको वन्दसत्रमा पत्रकारहरुको हक अधिकार, पेशागत सुरक्षाका बिषय र तिलाको पर्यटकीय प्रवर्धनमा जोड दिने उद्देश्यले तिला घोषणा पत्र २०८१ जारी गरिएकोछ । यस अघि हामीले तातोपानी गाउँपालिकाको तातोपानी धारामा घोषणा पत्र जारी गरेका थियौ ।

१) नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको यस अधिवेशन तथा मिडिया सम्मेलनले जुम्लाका पत्रकारहरुको हक, हित संरक्षण तथा पेशागत सुरक्षाको लागि पहलको थप प्रतिवद्धता गर्दछ ।राज्य र सरोकारवाला निकाय सँग पत्रकारको सुरक्षाको सुनिश्चतताको माग गर्दछ ।

२) राष्ट्रिय मिडियामा कार्यरत क्रियाशिल कर्णालीका स्टेञ्जर स्थानीय समाचारदाता पत्रकारलाई तलवी बनाउन राष्ट्रिय स्तरका संचारगृह सवैलाई अपिल गर्दै स्टेञ्जर प्रथाको अन्त्य गर्न यो साधारणसभा जोडदार माग गर्दछ ।

३) बढ्दो मिडिया संकटलाई सामाधान गर्न दुर्गम क्षेत्रका पत्रकारहरुलाई क्षमता अभिबृद्धिका कार्यक्रममा जोड दिन तथा स्थानीय सञ्चार माध्यामको लोककल्याणकारी विज्ञापनमा दुर्गमका संचारमाध्यामलाई दोब्बर बढि सहित प्राथमिकता दिन माग गर्दछौ । राष्ट्रिय मिडियाको विज्ञापन स्थानीय स्तरकै मिडियामा सूचना प्रवाह गर्ने बिषयमा जोड दिन माग गर्दछौ ।साथै स्थानीय मिडिया प्रवर्धन गर्न समानुपाति निति बनाउन स्थानीय सरकारलाई अपिल गर्दछौ ।

४) ऐतिहासिक पर्यटकीय तिला नदिको सम्भावना अध्ययन गर्दै पर्यटकीय विकासमा जोड दिन नदैगुफा, त्रिवेणीधाम, रारापातल, सुनढुस्की जुम्लाकोट, फुलवारी पाटन पोख्री, घोडे, खोप्री, रासा मालापानीका पुराना बस्तिको अध्ययन गरि यहाँको विकास पूर्वाधारमा जोड दिदै आवश्यक पूर्वाधार निर्माणका दुर्गम तिलालाई जोड्ने पक्कि पुल, मुख्य राजमार्गबाट वडा नम्बर ६,७,८ र ९ मा पक्कि पुल छिटो र सडक बाटोका निमार्णका लागि बृहत योजना सहित बजेटको लागि नेपाल सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय सरकारलाई अधिवेशन तथा यो मिडिया सम्मेलन हार्दिक अपिल गर्दछ ।

६) २० औँ अधिवेशन तथा तिला मिडिया सम्मेलनले दुर्गमका महिला पत्रकारहरुको क्षमता अभिबृद्धि, प्रोत्साहन तथा पुरस्कारका कार्यक्रम तय गर्न नेपाल सरकार, पत्रकार महासंघ केन्द्रीय कार्यालय तथा प्रदेश कार्यालयलाई जोडदार माग गर्दछ ।

७) तिला लगायत जुम्ला जिल्लामा रहेका समग्र पर्यटकीय क्षेत्र प्रवर्धनार्थ तिनै तहका सरकारहरुलाई लगानीका लागि यो मिडिया सम्मेलन ध्यानाकर्षण गर्दछ ।
८ )जुम्लाका आठवटै स्थानीयतहमा समानुपातिक बिज्ञापन तथा संञ्चारकार्यबिधि बनाउन यो मिडिया सम्मेलन ध्यानाकर्षण गर्दछ । यो घोषण पत्र तयारी समितिमा पत्रकार नौरते नेपाली ,विजय रावत ,सरिता पराजुली रहेका थिए ।

सम्बन्धित समाचार