जुम्ला : जुम्ला जिल्ला यातायातको पँहुच बढे संगै अपराधका गतिबिधि बढ्न थालेका छन । शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि विशेष सुरक्षा रणनीति लागू गरिने प्रहरी नायब उपरिक्षक छेदी लाल कामतीले बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी नायव उपरिक्षकको जिम्मेवारी समाल्न पुगेका डिएसपी कामतीले जुम्लालाई सुरक्षित बनाउनका लागी आफ्नो कार्यकालमा रणनीति बनाउने बताए ।उनले जिल्लामा हाजिर भएसँगै पत्रकार भेटघाट कार्यक्रम गरी आफूहरू सुरक्षित जुम्ला बनाउन प्रतिबद्ध रहेको बताए ।
डिएसपी छेदी लालले अपराध नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने बताउदै यसको लागी यहाका नागरिकको साथ पनि चाहिने उल्लेख गरे । उनले भने,‘प्रहरीले कुनै पनी अपराध संग सम्झौता गर्दैन । प्रहरीले जिल्लामा शान्ति सुरक्षा कायम राख्न र अपराध घटाउन यहाका सरोकारवाला निकाय संग सहकार्य गर्ने गरेको छ ।
त्यस्तै जुम्लाका क्रियाशिल पत्रकारहरुले जिल्लामा अहिले मुख्यगरी लागूऔषध कारोवार, घरेलुहिंसा, बलात्कार, हत्याहिंसा, महिला तथा बालबालिका,बालविवाह, जुवातास, गण्डागर्दी, अवैध हातहतियार ओसार–पसास र घरेलु मदिरा लगायतका विभिन्न अपराधिक क्रियाकलाप जुम्लाका चुनौतीका बिषय बनेको बताएका छन ।
पत्रकारहरुको जिज्ञासा मेटाउदै प्रहरी नायव उपरिक्षक कामतीले आगामी दिनमा अपराध न्यूनीकरण गर्न प्रहरीले अपराध हुने सम्भावित क्षेत्रका नागरिकसँग सहकार्यको योजना बताउने बताए । उनका अनुसार अपराध समुदायमा हुने भएकाले नागरिकको सहायता आवश्यक छ ।उनले आमनागरिकको सहयोग र सहकार्यवीना समाजलाई अपराध रहित गतिविधि न्यूनीकरण गर्न कठिनाइ हुने बताए । प्रहरीले आफ्नो कार्ययोजना बनायर अपराधविरुद्ध आवश्यक कदम चाल्दै आएको छ ।
डिएसपी कामतीले भने,अपराध रोक्न हामी सशक्त बन्नेछौं ।अपराध रहित समाज निर्माणमा प्रहरी केन्द्रित भएको छ ।पत्रकारको सुझाब अनुसार जुम्ला प्रहरी आगामी दिनमा अझै सशक्त भएर लाग्छ । उनले जिल्ला प्रहरी कार्यालय जुम्ला शान्ति सुरक्षा कायम गर्न कुनै कसुर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।