आधारभूत आईटी पढाउँदै एम्स स्कुल जुम्ला


जुम्ला : चन्दननाथ नगरपालिका पाँचमा रहेको एशिया ईन्टरनेश्नल मोडेल अग्रेजी स्कुलले आधार भूतसूचना र प्रविधि (आईटी)को अध्यययन अध्यापन गर्दै आएको छ । यस स्कुलले एक वर्षदेखि आईटी कक्षा संञ्चालन गर्दै आएको हो ।
त्यस्तै बिद्यालयका अनुसार आईटी पढाई हुन थालेपछि यहाँ अध्ययनरत छात्रछात्राहरु उत्साहित भएका छ्न । बिद्यालयका सञ्चालक मनोज बुढाथोकी मगरका अनुसार यस बिद्यालयमा अध्यायनरत्त सूचना तथा प्रविधिको चरम विकास भईरहेको छ ।

यस स्कुलले एक उदाहरणीय पहलकदमी लिएको छ ।उनले भने,युगले मागेको जीवनउपयोगी सीप र क्षमताको विकासका लागि सूचना र प्रविधिसम्बन्धीको ज्ञान धेरै आवश्यक रहेको छ । सो स्कुलका एक कक्षादेखि ८ सम्मका विद्यार्थीहरूको कम्युटर सम्बन्धी सीप र ज्ञान हेर्दा कुनै विकसित र सेवासुविधा सम्पन्न क्षेत्रको सूकल भन्दा कम देखिदैन । जुम्ला भर्खरै विकासको क्षेत्रमा बामे सर्दैछ । यसले सूचना तथा प्रविधिको क्षेत्रमा बालबालिकाहरूलाई यसरी सीप र ज्ञान दिनु भनेको समग्र समाज विकासका लागि ठूलो टेवा पु¥याउनु हो ।

त्यस्तै सामान्यतया दैनिक जीवनमै कम्युटर शिक्षाविना मानिसहरूले यो बदलिदो समय अनुसार चुस्त र दुरूस्त सेवा सुविधा प्राप्त गर्न नसकिरहेको सञ्चालक बुढाथोकीले बताए ।उनका अनुसार यस्तो सामाजिक चेतना र अवस्था रहेको बेला यसरी एक नीजि विद्यालयले विद्यार्थीहरुलाई निःशुल्क कम्युटर आईटी शिक्षा र सीप दिनुलाई सामान्य मान्न सकिदैन ।जुन कुरा यस विद्यालयले निर्माण गरेको सूचना तथा प्रविधि सम्बन्धी ज्ञान सिकाउने ल्यावमा पुग्दा प्रष्टरुपमा देख्न सकिन्छ ।
उनले थपे,‘संसारका विकसित मुलुकहरुले उत्कृष्ट मानव मस्तिष्कहरुमा लगानी गरिरहेका छन भने हाम्रो समाज यस्तो प्रकारको सोच र दुनियाँबाट अझै पर छ । कक्षा एकदेखि नौसम्म सञ्चालित एशिया स्कुलले सूचना तथा प्रविधि र आविष्कारको युग अनुसार काम गर्न र आफ्ना सपनालाई साकार पार्न पहल गरिरहेको छ ।

त्यस्तै चन्दनाथ नगरपालिका २ जुम्ला भण्डारीबाडा गाउँनिवासी बरिष्ठ पत्रकार कर्णबहादुर भण्डारीले एशिया स्कुल जुम्लाले निर्माण गरेको आईटी ल्यावलाई नमुना भएको बताए । उनले भने,यतिसम्म सुविधा सम्पन्न र व्यवस्था भएको स्कुल अहिलेसम्म जुम्लामा छैन । उनले यो पकारको सिकाइले यहाँका बालबालिकाहरुको भविश्यमा विश्व बजारसम्म प्रतिस्पर्धा गर्न सक्ने दाबी गरे ।उनले भने, “किताबी ज्ञान मात्र सर्वथोक होईन । जिवन मुखि शिक्षा र बिद्या आबश्यक छ । यसले प्राविधिक विषयको आवश्यकतालाई समेत क्रमश विकास गर्दै लैजाने देखिन्छ ।

त्यस्तै यस बिद्यालयमा सात सय छात्रछात्रा अध्यनरत रहेको प्रिंसिपल चन्द्रबहादुर महतले बताए । उनका अनुसार कम्प्युटर शिक्षा सम्बन्धी व्यवहारिक सिकाईले शैक्षिक गुणस्तरमा वृद्धि गर्ने भूमिका खेलेकै कारण बालबालिकाहरुको मनोवल वढदै गएको बताए ।उनले यसको प्रयोगवाट नयाँ घटना, सूचनाहरु संकलन गर्न तथा महत्वपूर्ण कामहरु छिटोछरितो रुपमा सम्पन्न गर्न सहज भएको छ ।

त्यस्तै कम्प्युटर शिक्षाको पढाइले कम्प्युटर सम्बन्धी धेरै कुरा सिक्ने अवसर मिलेकोमा विद्यार्थीहरु बताउछन् । सामान्यतः सामुदायिक विद्यालयको तुलनामा संस्थागत विद्यालयका विद्यार्थीहरु कम्प्युटर शिक्षामा अगाडि रहेको देखिन्छ । सरकारले सामुदायिक विद्यालयमा निःशुल्क कम्प्युटर शिक्षा पाठ्यक्रममा राखेपनि त्यो प्रभावकारी हुन सकेको छैन ।

अहिलेको समयमा प्रविधिमैत्री क्षमता भएको विद्यार्थी उत्पादन गर्न तल्लो तहबाट नै कम्प्युटर विषय समावेश गरिएको स्कुलले बताएको छ ।आधारभूत तहका सबै बालबालिकाहरुलाई कम्प्युटर विषयको पढाई गर्दै आएको एशिया स्कुलले विद्यार्थीमा जीवनोपयोगी सीप विकास गराउने उद्देश्यले निःशुल्क कम्प्यूटर शिक्षा सञ्चालन गरेको हो ।

स्कुलले सैद्धान्तिक र प्रयोगात्मक दुवै किसिमका कक्षा सञ्चालन गर्न स्तरीय ल्याब र दक्ष शिक्षकको प्रबन्ध गरेको छ ।“कम्प्युटर विषयमा सैद्धान्तिक बाहेक प्रयोगात्मक कक्षा पनि छ। त्यसले विद्यार्थीको सीप पनि विकास हुने गर्छ । यसै कारण अध्ययन पछि कामको अवसर पनि रहेको छ ।

आधारभूत तहका कम्प्यूटर सीप नसिकेका विद्यार्थीले माध्यमिक तहमा कम्प्युटर अध्ययन पछि सामान्य काम गर्न सक्ने कम्प्युटर शिक्षक बिक बताउँनुहुन्छ । “विद्यार्थीले फोटोकपी गर्ने, सामान्य फोटोशपको काम गर्ने, टाइपिङ गर्ने जस्ता काम गर्न सक्छन् । यस बिद्यालयको उद्देश्य काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने भन्दा पनि उनीहरुमा आधारभूत सीप विकास गर्नु हो ।

सम्बन्धित समाचार