फुटवलको जनशक्ति उत्पादन गर्दै ‘यौद्धा फुटबल एकेडमी,

जुम्ला :कर्णालीबाट राष्ट्रिय स्तरको फुटवल खेलमा उदाएका जुम्लाका खेलाडि यौद्धा शाहीको प्रोत्साहनका लागि परिवारले एक करोड १५ लाखको लगानीमा फुटसल ग्राउण्ड सहित फुटवल एकाडेमि स्थापना गरिदिएको छ । कर्णालीको राजधानी सुर्खेतमा नयाँ बर्षको अवसरमा एक औपचारिक कार्यक्रम गरी ‘यौद्धा फुटवल एकाडेमी‘ उद्धाटन गरिएको हो । त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका निवासी यौद्धा शाही नेपाली सेनाका जमदारा पदमा छन । उनी नेपाली सेनामा छिरेपछि फुटवल क्षेत्रमा ग्रसर भएका थिए । उनलाई उत्साह दिन परिवारले सयूक्त लगानीबाट एक करोड भन्दा माथी लगानीको फुटसल मैदाननै स्थापना गरि साना साना वालवालिकालाई खेल क्षेत्रमा शिप सिकाउने उद्देश्य राखिएको छ । त्रिभुवन आर्मी क्लवका सिनियर प्लेयर यौद्धाको प्रोत्साहनमा सुर्खेतमा स्थापना गरिएको फुटसल ग्राउण्डको उद्धाटन शाहीका वुवा पृथ्वीबहादुर शाही र आमा मुक्ति शाही तथा कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले गरेका छन ।


उद्धाटन कार्यक्रमा बोल्दै उपाध्यक्ष प्रमोद हमालले कर्णालीमा राष्ट्रिय खेलकुद प्रतियोगिता हुन गईरहेको अवसरमा स्थापना भएको फुटसल ग्राउण्डले थप सजिलो हुने बताए ।उनले यस ग्राउण्ड सँग निरन्तर खेलका लागि सहकार्य बताए । नेपाल आर्मीका जमदार तथा त्रिभुवन आमी क्लवका सिनियर खेलाडी यौद्धा शाहीका वुवा पृथ्वीबहादुर शाहीले छोराको खेलमा प्रगिति हेर्दा खुशी लागेको बताए । उनले भने,यसमा सवैको सहयोग आवश्यक रहेकोछ । शाहीका दाजु द्धोन्द बहादुर शाहीले भाईको खेल प्रतिको लगाब हेर्दा पश्चिम नेपालमा फुटसल एकाडेमी स्थापना गरेर खेल शिक्षा र शिप दिने उद्देश्यले एकाडेमीको स्थापना गरिएको बताए ।फुटवल एकाडेमिको सञ्चालक भने नेपाल आर्मीका खेलाडी यौद्धाका दिदी उगुना शाही छन । उगुनाले भाईको खेल प्रतिको प्रगति र लगाव हेरेर परिवार सवै मिलेर फुटवल एकाडेमि स्थापना बताइन । उनले नेपाल आर्मीबाट रिटायर भएपछि यसै एकाडेमिमा बसेर काम गर्ने बताइन ।

एकाडेमीका सञ्चालक समेत रहकी उगुना शाहीले अहिले भने सिनियर राष्ट्रिय खेलाडी धवाञ्जरले कोचको रुपमा काम बताइन । सञ्चालक उगुना कर्णाली प्रदेश उद्योग परिषद परिसंघमा काम गरि सक्नु भएको र हाल उद्योगीको रुपमा पनि काम गरेकी छन । सो फुटसल मैदानमा भर्खरै १३ बर्ष मुनिका खेलाडीलाई छनौट समेत गरिएको थियो ।
को यौद्धा शाही 
जुम्ला चन्दननाथ नगरपालिका १० निवासी पृथ्वीबहादुर शाही र आमा मुक्ति शाहीका छोरा यौद्धा शाही वि.सं २०६० सालमा नेपाल आर्मीको सैन्य पदमा गरेका थिए । शाही त्यस भित्रको त्रिभुवन आर्मी क्लवमा छनौट भई फुटवलमा लगाब बढ्ेको हो । तत्कालिन मेजर बिमल बिष्टको थप प्रोत्साहनमा ‘वि.सं २०६५ सालमा आहा रारा गोल्डकपमा डेब्यू गर्ने अवसर भएको उनले बताएका छन । शाहीले त्रिभुवन आर्मीको विभिन्न खेलमा वर्चश्व कायम गर्ने क्रममा वि.सं २०७१ सालमा माई भ्याली गोल्डकप र झापा गोल्डकपमा वेष्ट डिफेन्सरको रुपमा घोषित भएका थिए । त्यस्तै नेपाल आर्मीको लिग खेल्दै खेल राम्रो भएपछि फष्ट सुपर लिग धनगढि एफसिले रु ७५ हजारमा हायर गरेर खेलायो । यो सँगै सेकेण्ड लुम्विनी खेलमा एक लाख २० हजार पारिश्रमिकमा हायर गरेर खेल खेलिएको जानकारी दिए ।

नेपाल आर्मीका सिनियर फुटवल खेलाडि यौद्धा शाहीले भारतको ईन्दिरा गान्धी रंगशालामा नेपाल ईण्डियन डुडान कप खेलेको बताए । शाही नेपाल आर्मीको ए डिभिजन लिगमा खेल्ने सम्भवत पहिलो खेलाडि भएको बताए । उनले आफ्नो रिटायर जीवन कर्णालीका खेलाडि उत्पादनमा ध्यान दिने बताए ।

जुम्लाबाट संघर्ष गरेर यहाँ पुग्दाका कठिनहरुका ईतिहास बताउदै अवको वालवालिकाले सजिलै कर्णालीमा सिक्नुपर्छ भन्ने उद्देश्यले एकाडेमी स्थापना गरि फुटसल स्थापना गर्न परिवारका सदस्यले सहयोग गरेको पाइएको छ ।
विरेन्द्र नगरपालिका भित्र १३ कट्ठा आठ धुर जग्गामा उक्त खेल मैदान लिजमा लिई बनाईएको छ । कर्णालीमा विरेन्द्र नगरमा स्थापना गरिएको उक्त फुटसल मैदानमा चाईनिज म्याट, जाली, कार्यालय कोेठा, हल, चेन्जिङ कोठा स्थापना गरिएको छ ।

 

सम्बन्धित समाचार