मन्त्री श्रेष्ठबाट जुम्ला –रारा अल्ट्रा म्याराथन प्रतियोगिताको उद्धाटन


जुम्ला : जुम्ला देखी रारा सम्मको ४९ किलोमिटर दौड प्रतियोगिताको अल्ट्रा म्याराथन दौड प्रतियोगिताको पाँचौ सस्करण शुरु भएको छ ।कर्णाली स्पोर्ट क्लबको आयोजना, जिल्ला वन कार्यालय, जुम्लाका स्थानीय तहको सहयोगमा संचालित पाचौ संस्करणमा जुम्ला देखी रारा सम्म ५७ जना खेलाडि दौडि सकेका छन् । आयोजक कर्णाली स्पोर्ट क्लवका अध्यक्ष सरोज शाहीका अनुसार जुम्ला देखी रारा सम्मको ४८ किमीमा ५७ जना खेलाडीले भाग लिएका छन् । जसमा १५ जना महिला धावक र ४ जना विदेशी धावक सहभागी भएका छन् ।
प्रतियोगिताको उद्धाटन नेपाल सरकारका संघीय यूवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठ, सांसद विनिता कठायत र गिनिज वुक अफ द वल्र्ड रेकडर विश्व धावक हरिबहादुर रोकायालेले गरेका थिए । जुम्लाको सदरमुकाम खलंगा बजारको वालमन्दिरबाटमा आयोजना गरिएको भब्य प्रतियोगिताको उद्धाटन भएको थियो । सांसद श्रेष्ठले जुम्ला –रारा अल्ट्रा म्याराथन खेलकुद मन्त्रालयको बार्षिक क्यालेण्डरमा समेटने र आगामी बर्षमा थप भब्य रुपमा मनाउने प्रतिवद्धता जानाए । उनले अन्तराष्ट्रिय स्तरमा नेपालको झण्डा लिएर चिनाउने धावक हरिबहादुर रोकाया जस्ता अन्य खेलाडिहरुको थप प्रगितिको कामना दिए । .

हाई अल्टिच्यूटलाई रु १० करोड बजेट व्यवस्थापन गनेृ प्रतिवद्धता 
मन्त्री श्रेष्ठले जुम्लाको पातारासी गाउँपालिका लोटचौरमा शुरु भएका हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरका लागि आगमी बर्ष ५ देखी १० करोड सम्मको बजेट विनियोजन गर्ने प्रतिवद्धता गरेका छन । मन्त्री श्रेष्ठ पातारासीको लोठचौरमा समेत अनुगमन गरेर सदरमुकाम फर्किएपछि कार्यक्रममा बजेटको समेत घोषणा गरेका छन ।

विश्वको अग्लो स्थानमा धान फल्ने स्थान छुमचौर नजिकै लोटचौरमा हाई अल्टिच्यूट सेन्टर स्थापना गर्न सरकारले अगाडि बढाएपनि बजेट अभावले खेलमैदान ढिलाई भएको थियो । मन्त्री श्रेष्ठले बजेट समेत घोषणा गरेपछि जुम्लाको सपना पुरा हुने अपेक्षा भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन । जुम्लामा पाँचौ सस्करणको म्याराथुन प्रतियोगितामा एक किमी १० बर्ष मुनिका वालवालिका, ५ किमी, १६ बर्ष, मुनिका वालवालिका, १ किमी ज्येष्ठ नागरिक, ५ किमी व्यापारी र कर्मचारीहरुको समेत प्रतियोगिता पनि गरिएको छ ।

सम्बन्धित समाचार