ज्येष्ठ नागरिक संघ मै आयूर्वेद स्वास्थ्य सेवा


ज्येष्ठ नगरिकका लागी जेष्ठ नागरिककै भवनमै आयुर्वेद स्वास्थ्य सेवा दिन थालिएको छ । चन्दननाथ नगरपालिकाको सहयोगमा आयूवेर्द स्वास्थ्य सेवा केन्द्रले जुम्लाले यो सेवा दिन थालेको हो । चन्दननाथ नगरपालिका भरीका ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक अयुर्वेदका औषधि र आवसेक समाग्री सहितका सेवा पाउने भएका छन ।

त्यस्तै चन्दननाथ नगरपालिकाले दिएको र २० लाख कार्यालयले निशुल्क ज्येष्ठ नागरिक आयुवेर्द फार्मेसी कक्षमा आयुवेर्द औषधी खरिद, स्नेह कक्ष, आराम कक्ष तथा आयूवेर्द वाफ कक्षको व्यवस्थापन गरिदिएको आयुर्वेद स्वास्थ्य सेवा केन्द्रका प्रमुख नन्द प्रसाद न्यौपानेले बताए ।उनका अनुसार ज्येष्ठ नागरिकका लागि नगरपालिकाले विनियोजन गराएको २० लाख बजेटले ९ लाख ५० हजार रकमको फोर्सी संचालनका लागि रसायन योग आयूवेर्दिक औषधी ४ लाख ५० हजारमा स्नेहन,स्वयेदन, कक्ष निर्माण तथा हाईजिन मेन्टनका लागि फर्निचर, ईन्धन खरिद तथा निर्माण, ऋण तथा रोगको प्रकोप अनुसार विभिन्न स्नेह स्थानीय शिविर तथा उत्तमाङ चिकित्सा शिविर शिविरका लागि खर्चिने भएको छ यसैगरी सो सेवाका लागि २ जना कर्मचारी समेत व्यवस्थापन गरिएको छ ।

त्यस्तै ज्येष्ठ नागरिकहरुलाई चन्दननाथ १० मा भएको आयूवेर्द अस्पतालमा जान टाढा र कठिन भईहेको समयमा सदरमुकाममा ज्येष्ठ नागरिकको कार्यालयमा सेवा दिन थालेपछि ज्येष्ठ नागरिकहरु खुशी भएका छन् । जिल्ला ज्येष्ठ नागरिक संघ जुम्लाका कार्यवाहक अध्यक्ष तुलाराम न्यौपानेले पछिल्लो समय चन्दननाथ नगरपालिका, आयुवेर्द स्वास्थ्य केन्द्र जुम्लालाई विशेष आभार ब्यक्त गरेका छन । उनले भने, भगवानलाई पुजागर्न मन्दिर जानु पर्दैन । हामी जस्ता जेष्ठनागरिकलाई सेवा दिनु पर्छ भन्ने आयुर्वेदका प्रमुख हाम्रो भगवान हुन ।

त्यस्तै चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले हामी सवै भोलिका ज्येष्ठ नागरिक भएकाले ज्येष्ठ नागरिकको सेवा सवैभन्दा महत्वपूर्ण रहेको छ । उहाँले ज्येष्ठ नागरिकलाई आयुवेर्दको स्वास्थ्य सेवाको लागि कार्यालय अगाडि बढाएको योजना अनुसार नगरपालिकाले २० लाख रुपैया सहयोग भएको बताए ।

जिल्लाभरीका ज्येष्ठ नागरिकहरु आवद्ध भएको संस्थामा अझ राम्रा राम्रा काम गर्न लागि सहयोग गरिने छ । उनले ७० लाख भवन बनाउन आएकाले सहयोग गरिने छ । चन्दननाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विर्खबहादुर कार्कीले कार्यपालिकाले ज्येष्ठ नागरिकको सवालमा सकारात्मक भई बजेट विनियोजन भएको र सेवा लिनका लागि अनुरोध गरेका छन । आयु’ र ‘वेद’ शब्द मिलेर आयुर्वेद बनेको हो ।

त्यस्तै आयुको अर्थ ‘जीवन’ र वेदको अर्थ ‘विज्ञान’ वा ‘जान्नु’ हो । अर्थात् जीवनका बारेमा जान्नु । आयुर्वेदको प्रसिद्ध ग्रन्थ ‘अष्टाङ्गहृदयम्’मा यसका रचयिता महर्षि वाग्भट लेख्नुहुन्छ, ‘आयुषो वेदः आयुर्वेदः । अर्थात् यो आयुको वेद हो ।आयुर्वेद चिकित्सा मात्र होइन, यो शल्यक्रिया मात्र होइन, यो जीवन पद्धति मात्र होइन, आयुर्वेद शारीरिक र मनोचिकित्सा मात्र पनि होइन, यो त जीवन जिउने समग्र वैज्ञानिक सार्वभौमिक पद्धति हो ।हामीकहाँ आयुर्वेदको विकास र विस्तारमा राज्यले खासै ध्यान दिएको पाइँदैन ।

सम्बन्धित समाचार