गुठिचौरको सार्वजानिक सुनुवाई: प्रशासनिक भवन निर्माण देखि मदिरा नियन्त्रण सम्म

जुम्ला ः जुम्लाको गुठीचौर गाउँपालिकाले बुधबार चालु आवको प्रथम र दोस्रो चौमासिकको सार्वजानिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले आफ्नो सेवा प्रवालाई पारदर्शी ,उत्तरदायि र जवापदेही बनाउनका लागी सार्वजानिक सुनुवाई गरेको हो । त्यस्तै गुठीचौरका अध्यक्ष दान बहादुर बुढाले गुठिचौरमा औधोगिक ग्राम निर्माण, अत्याधुनिक सेवाको प्रशानिक भवन निमार्ण लगायतका राम्रो काम भइरहेको बताए । उनका अनुसार दुर्गम वडा नं. १ र २ का जेष्ठनागरिकमै घरमै भत्ता बितरण गरिएको छ । त्यस्तै दुई वडामा पाँच शैया अस्पताल निर्माण प्रक्रिया थालेको छ । भने गरिब विपन्नका छोराछोरीका लागि आवासिय विद्यालय संचालन भएको छ । , अध्यक्ष बुढाले कालिका आधारभूत विद्यालयमा डिजिटल प्रविधिबाट पढाईने लगायतका कार्यको थालनी आफ्नो कार्यकालमा भएको बताए ।

त्यस्तै गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा पुँजीगत तर्फ विनियोजित जम्म बजेटको २५ प्रतिशत विकास बजेट मात्रै कार्यान्वयन गरेको बताएको छ । गुठिचौर गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत ध्रुर्ब गिरीका अनुसार चालु आवमा विनियोजित कुल ३४ करोड ९५ लाख २५ हजार ७ सय बजेट मध्य फागुन मसान्तसम्मा चालु र पुँजीगत गरी जम्मा १३ करोड ५८ लाख ४६ हजार ८सय ८४ बजेट खर्च भएको छ । उनले भने,कुल बजेटको ३८ दशमलब ८६ प्रतिशत बजेट कार्यान्वयन भएको छ ।

पुँजीगत तर्फ विनियोजित १२ करोड ९८ लाख पाँच हजार ६ सय रुपैया मध्य आठ महिनामा तीन करोड ३१ लाख ९७ हजार ४सय ६२ रुपैयाँ खर्च भएको पालिकाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै चालु तर्फ २० करोड ९७ लाख २० हजार एकसय विनियोजित भएको थियो । जसमा हाल सम्मा १० करोड २६ लाख ४९ हजार ४२२ रुपैया अर्थात ४६.७१ प्रतिशत चालु बजेट खर्च भएको बिवरण पालिकाले सार्वजानिक प्रगती प्रतिबेदनमा छ ।
\

त्यस्तै विकास बजेट ११ करोड ७ लाख ७० हजार ६७८ रुपैया बाँकी रहेको छ । गुठिचौर आठ महिनामा १६ वटा योजनाको अन्तिम भुक्तानी दिएको दाबी गरेको छ । त्यस्तै गुठी चौरमा हाकिम नटिक्ने समस्याले पुँजीगत बजेट कार्यान्वयन अपेक्षित रुपमा हुन नसकेको त्यहाका स्थानीयले गुनासो गरेका छन । त्यहाका स्थानीयले महिला बालवालिका , लगायतका क्षेत्रमा कम बजेट बिनियोजित गरेको बताएका छन ।पालिकाले गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा स्थानीयले राखेको प्रश्नकोजिज्ञासा गाउँपालिका सम्बनधीत जनप्रतिनिधिहरुले मेटाएका थिए ।

गुठिचौर अझै अपेक्षाकृत विकास नभएको कर्मचारी मनोमानी तरिकाले युक्ति गरेको र टुक्रे योजनालाई प्रथामिकता देखेको गुनासो गरेका छन । तर गुठिचौर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले निर्वाचित भएको दुई वर्षमा भएका उल्लेखीय कामहरुको बताएका छन । उनले गुठीचौर पालिका हिंसा रहित र सुरक्षित बनाउनका लागी मदिरा नियन्त्रण अभियान संचालन, एम्बुलेन्स सेवा ,गुठिचौरदेखि ठाकुरज्यु पदमार्ग निर्माण प्रक्रिया अगाडी बढाएको बताएका छन । उनले आफ्नो कार्यकालमा गुठिचौरलाई उत्कृष्ट पालिका बनाउने समेतेदाबी गर्दै नागरिकबाट रचनाआत्मक सुझाबको अपेक्षा गरेको बताए ।

त्यस्तै गुठिचौरका निवर्तमान गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीले गुठिचौरलाई समृद्ध पालिका बनाउनका लागी आफ्नो कार्यकालमा भएका केही नमुना कामलाई निरणतरता दिन अनुरोध गरे । उनले पालिकाको बिकास गर्नका लागी सबैको हातेमालो हुन आबश्यक छ । उनले कुनै पनी नागरिकले बिनाकारण राजनीति पूर्वाग्राह गर्न नहुने बताए । उनले संघियताको पहिलो कार्यकालमा अलि असज थियो । तर अहिले काम गर्न सजिलो छ ।समृद्ध गुठिचौर बनाउन सबैको हातेमालो हुन जरुरी छ ।

 

सम्बन्धित समाचार