कार्यप्रगति बिवरण सार्वजानिक गर्दै माओवादी निकट जनप्रतिनिधि

जुम्ला । माओवादी केन्द्रका जनप्रतिनिधिले कार्यप्रगति बिवरण सार्वजनिक गरेका छन ।निर्वाचित भएको दुई वर्ष पुग्न थालेको भन्दै यस अवधि भित्र गरेका कार्यप्रगति बिवरण पत्रकार भेटघाट गरी सार्व जानिक गरेका हुन ।नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेश निर्वाचन क्षेत्र नम्बर (क) जुम्लाका जनप्रतिनिधिहरुलाई यही २८ गते भित्र र (ख)का लाई २९ गते दुई वर्षको प्रगति विवरण सार्वजनिक गर्नका लागी पाटीले निर्देशन गरेको थियो । जस अन्तरगत प्रदेश निर्वाचन क्षेत्रमा (क) का ३० वटा वडाध्ये ९ वटा वडामा माओवादी केन्द्रका जनप्रतिनिधिहरु रहेका छन् । तातोपानीमा १,उपाध्यक्ष सहित एक वडा ,गुठीचौरमा १,पातारासीमा एक उपाध्यक्ष र ३ वटा र चन्दननाथ नगरपालिकका ४ वटा वडामा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि रहेका छन ।
त्यस्तै चन्दननाथ नगरपालिका वडा नम्बर ५, ९ र १० नम्बर वडाका ध्यक्षहरुले दुई वर्षको प्रगति विवरण सार्वजनिक गरेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष विर्ख बहादुर कार्कीले आफ्नो वडाले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकता दिएको बताए । उनले पाँच वडाका सबै नागरिकको स्वास्थ्य बीमालाई वडाले गरेको बताए । उनका अनुसार गत आर्थिक वर्षमा वडामा प्राप्त भएको ६० लाख मध्ये १० लाख कार्यालय संचालनमा, पुँजिगत तर्फ २२ लाख र प्रवद्र्धनात्मक कार्यक्रममा २८ लाख खर्च भएको बताए ।उनले गत वर्ष वडाका सबै नागरिकको स्वास्थ्य बीमा गराउँदा ७ लाख ५० हजार रुपैयाँ खर्च भएको बताए ।वडाध्यक्ष कार्कीका अनुसार यस वर्ष ९ लाख १४ हजार रुपैयाँ बीमाका लागि खर्च हुने देखिएको छ ।

आफ्नो कार्यकाल भरीमा नागरिकको बीमा वडाले नै गरिदिने बताउका छन । यस वर्ष चन्दननाथ नगरपालिकाले पाँच वडाको लागी भनेर २४ लाख रुपैयाँ पठाएको छ । अध्यक्ष कार्कीले भने, पहिले १६ लाख दिने भनेको थियो । हामीले स्वकार नगरेपछि ८ लाख थप गरी २४ लाख रुपैयाँ वडामा आएको छ । बस्ति स्तरका योजनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको उनको दाबी छ ।

त्यस्तै वडा नम्बर १० का वडाध्यक्ष नमराज शाहीले गत वर्ष वडामा ७२ लाख रुपैयाँ प्राप्त भएको सार्वजानिक गरे । उनले उक्त रकम मध्ये प्रवद्र्धनात्मकतर्फ ४० लाख, प्रशासनिक खर्चतर्फ ८ लाख र विपद्बाट भत्केका योजनाको मर्मतमा २५ लाख रुपैयाँ खर्च भएको जानकारी दिए ।

वडाध्यक्ष शाहीले ७२ लाख रुपैयाँबाट १० वटा योजना निर्माण भएका बताए ।उनका अनुसार खल्ला गाउँका २० वटा घरमा एक घर, एक धारा निर्माण भएको छन । वडाबासिलाई शुद्ध पानी उपलब्ध गराउनका लागि वडाले एक घर, एक धारो अभियानालाई निरन्तरता दिएको बताए । उनले खानेपानी आयोजनाबामट झण्डै ३ सय जनाले लाभ लिएको बताए ।

त्यस्तै वडा नम्बर ९ का वडाध्यक्ष भीमवहादुर रावतले गत वर्षमा नगरपालिकाबाट वडामा ७२ लाख रुपैयाँ प्राप्त भएको बताए । उनले प्रशानिक खर्चतर्फ ७ लाख, प्रवद्र्धनात्मकतर्फ २२ लाख, पूर्वाधारतर्फ ३३ लाख रुपैयाँ खर्च भएको जानकारी दिए । कार्यपालिका सदस्य दुई जनाको नाममा १० लाख, मेयर र उपमेयर कार्यक्रमबाट १० लाख रुपैयाँ वडामा आएको रावतले बताए ।

वडाध्यक्ष रावतका अनुसार, यस वर्ष चालुतर्फ १५ लाख, प्रवद्र्धनात्मक र पूर्वाधारतर्फ २४ लाख रुपैयाँ वडामा आएको जानकारी गराउनु भयो । यो वर्ष मेयर र उपमेयर कार्यक्रमबाट ४ लाख ५० हजार रुपैयाँ र कार्यपालिका सदस्यको नाममा ६ लाख रुपैयाँ वडामा आएको उनको भनाइ छ । उनले महिला स्वयम सेविकालाई मोबाइल बितरण शिक्षा स्वास्थ्य र महिला बालवालिका लक्षित कार्यक्रम गर्दै आएको बताए । उनले दुई वर्षको अवधिमा श्रीढुस्का गाउँभित्र जाने बाटो निर्माण, उम्गाड देखि चिहान घाटसम्म जाने बाटो निर्माण, बयालकाटिया गाउँको पहिरो राकथाम र तलिउम गाउँमा हिलोमुक्त गोरेटो बाटो निर्माण लगाउतको काम सम्पन्न गरेको उनको दाबी छ ।

त्यस्तै माओवादीबाट निर्वाचित भएका गुठीचौर ५का वडाध्यक्ष कमल बहादुर महतले शिक्षा स्वास्थ्यलाई प्रथामिकता दिएको बताए । उनले बिद्यालयमा स्वच्छ खानेपानी निमार्ण शिचाई ,कुलो आरसिसि लगायतका काम भएका छन ।यस वर्ष सडक नपुगेका ठाउका सुत्केरी महिलालाई अस्पताल सम्म लिनका लागी स्टेचर बितरण गरिएको छ । उनले भने,‘वडामा बजेट अभाबका कारण जनअपेक्षा अनुसार काम गर्न नसकिएको बताए । उनका अनुसार गत्त वर्ष६० लाख आएकोमा यस वर्ष ५५ लाख वडामा आएको बताए । उनका अनुसार आगामी दिन महिला र वालवालिका हक अधिकारका लागी काम गर्ने सोच बनाईएको छ ।

त्यस्तै प्रदेश (ख) मा १० वटामा माओवादी केन्द्रका वडाध्यक्षहरु छन् । तिलामा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहित २, हिमामा २, वडा ,सिंजामा अध्यक्ष उपाध्यक्ष सहित २ वडा र कनकासुन्दरी गाउँपालिकामा ४ वडामा जना माओवादी केन्द्र निजकटका जनप्रतिनिधि रहेका छन । यही २८ गते उनिहरुले विहिबारका दिनमा प्रगति विवरण सार्वजनि गर्ने भएका छन ।

सम्बन्धित समाचार