जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने


जुम्ला :जुम्लामा कृषि पर्यटन सास्कृतिक व्यापार महोत्सव हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जिल्ला कार्य समिति जुम्लाको आयोजना र एके ईभेन्ट वहुउद्देश्यीय प्रा.ली सुर्खेतकाे आर्थिक सहयोगमा महोत्सव गरिने भएकाे हाे। याे कार्यक्रम २०८१ वैशाख १२ देखी २३ गते सम्म महोत्सव सञ्चालन गरिने पत्रकार भेटघाट मार्फत जानकारी गरिएको छ ।
त्यस्तै लाेक दाेहाेरी प्रतिष्ठानका अध्यक्ष कर्ण बुढ्थापले महोत्सव सञ्चालन गर्नका सवैको सहयोग तथा सहकार्य आवश्यकता रहेको बताए । उनले भने, जुम्लामा पर्यटन, सास्कृति तथा आर्थिक व्यापार प्रवर्धनका लागि महोत्सव गरिने भएको छ । आयोजकका अनुसार स्थानीय तथा राष्ट्रिय कलाकारको उपस्थिति हुने भएको छ । महोत्सव सञ्चालन गर्नका लागि अनुमानित खर्च योजना वनाएर अगाडि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।

πजुम्लामा उद्योग बाणिज्य संघले करिब ३ बर्ष अगाडि महोत्सव आयोजना गरिएको थियो । कोरोनाका कारण ठूला महोत्सव गर्न नसकेको जुम्लामा यस पटक महोत्सव चन्दननाथ नगरपालिकाको वडा नम्बर ५ राजासिममा गरिने भएको आयोजकले जानकारी दिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकारको पनि उपस्थित हुने भएको छ ।

त्यस्तै जिल्लाबाट राष्ट्रिय स्तरमा चर्चित कलाकार जुम्लाका छत्र शाही, सुरज पण्डित, कालिकोटका ईस्व्यू संजाल सहितका कलाकारको सहभागि गराउनुपर्ने सुझाव जुम्लाका पत्रकारहरुले दिएका छन ।

सम्बन्धित समाचार