जुम्लाका ८० प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा

जुम्ला ः जुम्ला जिल्लाका ९० हजार नागरिकले स्वास्थ्य बिमा गरेका छन । स्वास्थ्इ बिमा बोर्ड सम्पर्ककार्यालयका संयोजक प्रेमबहादुर भण्डारीका अनुसार करिब जनसंख्याको ८० प्रतिशत अर्थात एघार हजार ४८ घरधुरी स्वास्थ्य बीमाको पहुँचमा आएको बताए ।
उनका अनुसार जिल्लाका ६० वटा वडामा दर्ता सहयोगी छन् । सहयोगीबाट विमा दर्ता तथा नविकरण गर्ने काम भईरहेको छ । कार्यालयका संयोजक प्रेम भण्डारीका अनुसार स्थानीय सरकारले समेत आफ्ना नागरिकको स्वास्थ्य वीमा गराउने उद्देश्यले विमा कार्यालय सँग सहकार्य गरेर अगाडि बढाउदै आएको छ ।

त्यस्तै चन्दननाथ नगरपालिकामा तीन हजार दुई सय ७० घर परिवारका २० हजार ९४१ जना, रहेका छन । त्यस्तै पातारासी गाउँपालिकामा दुई हजार चार सय ६६ घरपरिवारका १६ हजार तिनसय पचाँस जना, छन ।
त्यस्तै तातोपानी गाउँपालिकामा ११ हजार नौसय ५९, हिमा गाउँपालिकाको एक हजार पाँचसय २६ घरधुरीको ११ हजार आठ सय ५० नागरिकको स्वास्थ्य बीमा गरिएको छ ।

त्यस्तै तिला गाउँपालिकाको आठ सय २८ घरधुरीको नौ हजार तिनसय दुई जनाले स्वास्थ्य बिमा गरेका छन । भने, गुठिचौर गाउँपालिकाको नौ सय १० घरधुरीको सात हजार चार सय १० जना, र कनकासुन्दरी गाउँपालिकाको ६ सय २७ घरधुरीको ६ हजार ७ सय ६३ जना रका छन ।

त्यस्तै सिँजा गाउँपालिकाको ४ सय १६ घरधुरीको पाँच हजार आठ सय ३६ जना नागरिक स्वास्थ्य विमामा विमित भएका छन् ।
त्यस्तै जुम्लाको आठौँ स्वास्थ्यबिमाको बार्षिक उत्सव कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख गौरीनन्द आचार्यले स्वास्थ्य बीमाले विरामीलाई सहज बनाएको बताए । उनले भने, बिमाका केही समस्या पनी छन । यसलाई बिस्तार सुधार गर्दै लैजामन अनुरोध गरे । जुम्लामा २०७४ असार १ गते दर्ता प्रक्रिया शुरु भई २०७४ भदौबाट बिमा लागु भएको थियो ।

 

सम्बन्धित समाचार