तिलाको मानेचौरमा आयुर्वेद स्वास्थ्य शिविर: ४सय ९६ जनाको स्वास्थ्य परीक्षण

जुम्ला:तिला गाउँपालिका नौ वडाको मानेचौरमा आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले चार दिने निशुल्क आयुर्वेद स्वास्थ्य शिविर गरेको छ । शिबिरमा हाडजोर्नी दुख्ने,बाथ रोग भएका ,स्त्री रोग संगै सामान्य पेट सम्बन्धी समस्या भएका ४सय ९६ जनाको स्वास्थ्य परीक्षण गरीएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाका प्रमुख नन्द प्रसाद न्यौपाले बताए । शिबिरमा परीक्षणसंगै आयुर्वेदिक औषधी समेत निशुल्क बितरण गरीएको हो। उनका अनुसार तिला नौको मानेचौरमा संञ्चालन गएिको शिविरमा ८ नम्वर ६ नम्वर र नौ का नागरिक उपचारको लागी आएका थिए ।

त्यहा यातायातको सुविधा छैन । हिडेर आउन नसक्ने जेष्ठ नागरिकलाई लक्षित गरी १८ गते देखि २१ गतेसम्म शिविर संञ्चालन गरिएको थियो । उनले भने,व्यक्तिको ठुलो सम्पति भनेको उसको स्वास्थ्य भएकोले आफ्नो शरीरलाई सधै स्वथ्य मस्त र व्यस्त राख्नुपर्ने हुन्छ ।

आयुर्वेदिक चिकित्सा प्रणाली अपनाउन सकेमा जिवन जिउन सहजहुने भन्दै शिबिरबाट त्यहाका स्थानीयले भरपुर फाईदा लिएका छन । प्रमुख न्यौपानेका अनुसार ग्रमिण बस्तीमा रहेको जेष्ठ नागरिक आयुर्वेद सेवा लिन आउन सहज छैन । त्यसैले यस पटक आयुर्वेदका सम्पुन्न सेवा र सहित त्यो बस्तीमा शिविर संञ्चालन गरिएको हो । उनले भने,‘आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा र वडाकार्यालयकोे समन्वयमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो । त्यहा जेष्ठ नागरिकको सरफाई अन्तरगत्त उनीहरु कपाल र दारी काट्ने सेवा पनी दिईएको छ ।

त्यस्तै शिविरमा महिला र पुरुष गरी ४ सय ९६ जनाले स्वास्थ्य सेवा लिएका थिए । स्थानिय बासिन्दाहरुलाई लक्षित गरी संचालित स्वास्थ्य शिविरमा निशुल्क सुगर, बाथरोग, पाइल्स,ग्यास्ट्रिक, कब्जियत लगायत रोगको उपचार सेवाहरु प्रदान गरिएको थियो । यस्तै शिविरबाट निशुल्क आयुर्वेदिक पद्धतीबाट सबैखाले रोगहरुको उपचार तथा परामर्श दिईएको थियो।

आयुर्वेद स्वास्थ्य केन्द्रले पछिल्लो त्यहाँ बहिरिंग सेवा, प्याथोलोजी ल्याब, पूर्वकर्म वा पञ्चकर्म सेवा, , निः शुल्क औषधि वितरण तथा जेष्ठ नागरिक संघमा फार्मेसी सेवा पनि दिदै आएको छ । तिलाका राँसा ,मालापानी , ढिपू गाउ लगायत आसपासका स्थानीय सेवा लिन आएका थिए । आगामी दिनहरुमा समेत वडा बासिको स्वास्थ्यलाई मध्यनजर गर्दै विविध किसिमका स्वास्थ्य शिविरको आयोजना गरिने जानकारी दिएको छ ।

त्यस्तै तिला नौ का वडाध्यक्ष धन बहादुर रावतले आयुर्वेद स्वास्थ्य केन्द्रले पञ्चकर्म लगायत शिविर मार्फत विभिन्न रोगको सफल उपचार गरेको बताए । उनले यहाका नागरिकको घर दौलोमा आएर आयुर्वेदिक सेवा दिएकोमा अभार ब्यक्त गरे । उनकाअनुसार आयुर्वेदिक पद्धतिबाट उपचार गर्दा कुनै असर नगर्ने भएकाले पछिल्लो समय नागरिक यसतर्फ आकर्षण भएको छन ।यस शिविरले यहाका नागरिक हर्षित भएका छन ।

शिविरमा सेवा दिनका लागी १४ जनाको टिम गएको आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाले जनाएको छ । आयुर्वेदको उद्देश्यः स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा गर्ने तथा आतुर (रोगी) को रोग प्रशमन गर्ने आयुर्वेदको मूल उद्देश्य हो । प्राणी, वनस्पति र खनिज आयुर्वेद औषधिका मूल स्रोत हुन्।

सम्बन्धित समाचार