चन्दननाथमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान संञ्चालन

जुम्ला ः चन्दननाथ नगरपालिकाले नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ । नेपाल सरकारले जुम्लाको चन्दननाथ नगरपालिका सहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको हो । नगरपालिकाले अबको पाँच वर्षमा क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ । त्यस्तै चन्दननाथ सहित नेपालका २२ पालिका छनोट भएका छन्, जसमा सुदूरपश्चिमका तीन पालिका छन् । ‘स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि पहिलो चरणमा जुम्लनाको चन्दननाथ नगरपालिका छनोट भएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक क्षेत्र बहादुर महतले बताए । उनले भने, ‘क्षयरोग मुक्त गर्न चुनौती धेरै छन् ।

तर हामी योजना बनाएर काम गर्न थालेका छौं । उनका अनुसार क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुख राजु सिंह कठायतको संयोजकत्व नगर उपप्रमुख, कार्यकारी अधिकृत ,वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारी लगायतको समिति गठन गरिएको छ । त्यस्तै वडास्तरमा समेत समिति गठन गरी काम सुरु गर्ने भनिएको छ ।

कार्यक्रमअन्तर्गत नगरका क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य रहेको छ । उनले भने‘,सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३ सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियानअन्तर्गत थालेको छ । अब यसलाई नेपाल सरकारले नै नेपाललाई क्षयरोग मुक्त नेपाल घोषणा गर्नका लागी स ,न,२०५० सम्म यो अभियानलाई संञ्चालन गर्ने छ ।

त्यस्तै गरिबी, बसाइँ सराइलगायतका समस्याका कारण क्षयरोग फैलँदै गएको स्वास्थ्य शाखा प्रमुख पृथ्वी नाथ योगीले बताए । उनले स्वास्थ्य संस्थामा यसको उपचार निःशुल्क हुन्छ । स्वास्थ्य संस्थाले हरेक वर्ष क्षयरोग फैलन नदिन खोजपड्ताल कार्यक्रम गर्ने, क्षयरोगीको सम्पर्क र आसपासमा रहेकालाई परीक्षणको दायरामा ल्याउने कार्य गर्दै आएका छन् ।यस सम्बनधीको अभियान २०४१ साल बाटै नै चलाउदै आएको पाइन्छ । उनका अनुसार सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भएपनि जनचेतनाको कमीले अहिले सम्म रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या छ ।


त्यस्तै नगरका मेयर राजुसिहँ कठायतले आफु संयोजक रहेको यो अभियान प्रभावकारी बनाउन तयार रहेको बताए । उनले नगरपालिकामा रहेको क्षयरोगको प्रकोप रोक्नका लागी यस्तै खालका कार्यक्रम आबश्यक छ । उनले भने,विश्वमै क्षयरोग जनस्वास्थ्य र दिगो विकासका लागि प्रमुख चुनौती रहँदै आएको छ ।

त्यस्तै चन्दननाथ नगरपालिकाका उपप्रमुख राम देवी खड्काले चन्दननाथले मंगलबार बाट क्षयरोग मुक्त नेपाल घोषणा अभियान’ को शुभारम्भ गरेको बताइन । उनले क्षयरोग उन्मूलनका लागि सरकारले लिएको लक्ष्य पुरा गर्न आफु पनी लागी पर्ने बताइन । उनका अनुसार यसको लागी हाम्रो स्वाथ्य शाखा र जनप्रतिनिधिको पहिले प्रथामिकता हुने छ । उनले क्षयरोगको उपचार गराउन नआएका मानिसले नै क्षयरोग फैलाई रहेकाले अब स्थानीयले आम नागरिक क्षयरोग मुक्त नेपाल बनाउनका लागि जुट्न आग्रह गरिन ।

त्यस्तै खसन् १९९३ मा विश्व स्वास्थ्य सङ्गठनले क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याका रूपमा घोषणा गरेपछि यसको प्रभावकारी योजना र व्यवस्थापनका लागि नयाँ नीति र कार्यक्रमहरूमा जोड दिँदै आएको छ । गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइँसराइ र खुला सिमाना आदि कारणले क्षयरोगबाट सङ्क्रमित हुने दर बढ्दो छ ।

त्यस्तै नेपालको संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित समेत गरेको अबस्था छ । विधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने छ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार